ललितपुरमा रक्सीले मात्तिएका प्रहरी हवल्दारले गरे आफ्नै छोरीलाई बलात्कार !

Leaderboard Banner
सांकेतिक तस्बिर

काठमाडौँ : आफ्नै नौं वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका एक पूर्व हवल्दार पक्राउ परेका छन्।

गत शुक्रबार श्रीमती माइती गएको दिनमा छोरीमाथि जबर्जस्ती करणी गरेको खुलासा भएपछि उनलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडी बढाएको हो।

ललितपुरको गोदावरी नगरपालिका–४ बडीखेल बस्ने उनी राती करिब ८ बजे मदिराले मात्तिएर घर पुगेको र छोरीमाथि करणी गरेको खुल्न आएपछि पक्राउ गरि अनुसन्धानका लागि जिल्ला अदालत ललितपुरबाट सात दिनको म्याद थपिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रले जानकारी दिए।

बालिकाले पेट दुखेको बताएपछि आइतबार नजिकैको हेल्थसेन्टरमा लगेर चेकजाँच गर्ने क्रममा यौनाङ्गगमा चोट भेटिएपछि घटनाबारे खुलासा भएको उनले बताए। त्यसपछि प्रहरीमा दिईएको उजूरीका आधारमा बाबुलाई पक्राउ गरिएको हो।

बालिकाले घटनाबारे बताए लगत्तै आइतबार पक्राउ परेका बाबुलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ। प्रहरीले अभियुक्तको नाम गोप्य राखेर घटनाबारे छानविन अगाडी बढाएको हो।

प्रकाशित : सोमबार, फागुन ०६, २०७५१७:५४
अर्को समाचार:

भारत भ्रमण सकाएर नेपाल फर्किए महानिरीक्षक सर्वेन्द्र खनाल !