आज एकै दिन दुई युवक र एक वृद्धाको शव फेला ! अनुसन्धान जारी !

Leaderboard Banner
सांकेतिक तस्विर

सप्तरी,  यहाँ आज एकै दिन दुई युवक र एक वृद्धाको शव फेला परेको छ ।

बोदे बर्साइन नगरपालिका–८ काचनका ३६ वर्षीय महेश्वर दासको शव फेला परेको प्रहरीले जनाएको छ । आफ्नै घरमा डोरीको पासो लगाई झुण्डी मृत्यु भएको अवस्थामा शव फेला परेपछि प्रहरीले आवश्यक अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।
यसैगरी कञ्चनरुप नगरपालिका–५ बस्ने ३४ वर्षीय छुतरु सरदारको समेत पासोमा झुण्डिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक बिष्टले जानकारी दिनुभयो । प्रहरीका अनुसार घर नजीकै रहेको कोशी टप्पुस्थित खयरको रूखमा डोरीको पासो लगाई झुण्डी मृत्यु भएको अवस्थामा सरदारको शव फेला परेको हो ।

यस्तै प्रसिद्ध शक्तिपीठ रहेको छिन्नमस्ता गाउँपालिकामा नाम, ठेगाना नखुलेका एक ७० वर्षीया वृद्धाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय सखडाले जनाएअनुसार छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता शक्तिपीठ परिसरमा विगत ५ वर्षदेखि मागी खाई बस्ने गरेको वृद्धा मृतावस्थामा फेला परेकाले उनको नाम, ठेगाना र मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको छ ।

प्रकाशित : मङ्गलबार, माघ २९, २०७५२०:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विद्यार्थीलाई टाटासुमोले ठक्कर दिई फरार भएको भन्दै विपी राजमार्गमा सवारी आवागमन ठप्प