प्रधानमन्त्रीको स्वागत गर्न बसेका मन्त्रीले महिला मन्त्रीलाई गलत तरिकाले छोएपछि…[भिडियो सहित]

Leaderboard Banner

एजेन्सी- भारतीय सामाजिक संजालमा एक भिडियो व्यापक भाइरल भैरहेको छ। एक जना मन्त्रीले आफ्नै साथी तथा महिला मन्त्रीको कम्मरमा हात पुर्याएको भिडियो बाहिरिएसँगै भाइरल भएको हो।

त्रिपुुरा राज्यका मनोज कान्ती देवले उनकी सहकर्मी सामाजिक सुरक्षा तथा शिक्षा मन्त्री सन्तना चकमाको कम्मरमा हात पुराएका थिए । जसकारण उनको सामाजिक संजालमा व्यापक आलोचना भैरहेको छ। यस्तो हर्कत गर्ने मन्त्रीको विपक्षीले आलोचनागर्दै कारबाहीको माग समेत गरेका छन्।

भारतीय संचार माध्यमहरुका अनुसार घटना शनिबारको रहेको छ। त्रिपुरा पुगेका धानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि खाद्य, युवा सरोकार मन्त्री कान्ती देव लगायत अन्य स्टेजमा उपस्थित थिए। स्टेजमै उनले सहकर्मी मन्त्री सन्तनाको कम्मरमा हात पुर्याएका थिए।

भारतीय जनता पार्टीबाट मन्त्री रहेका मनोज कान्ती देवलाई विपक्षी दलले कारवाहीको माग गरिरहेको भएता पनि भाजपाले भने मागलाई वेवास्ता गरेको छ ।

सामाजिक संजालमा भाइरल भएको यस भिडियोमा धेरैले मन्त्री मनोजको आलोचना गरेका छन्। साथै धेरैले उनलाई कारवाही हुनुपर्ने जस्ता प्रतिक्रिया समेत दिएका छन्।

प्रकाशित : मङ्गलबार, माघ २९, २०७५१२:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विवाह गर्ने जोडी नपाउँदाको समस्या !