आज माघ महिनाको अन्तिम दिन, यस्तो छ सुनचाँदीको मुल्य!

Leaderboard Banner
file photo

काठमाडौँ, माघ २९  । नेपाली बजारमा पछिल्लो साता सुनचाँदीको मुल्य लगातार घटिरहेको  छ । आज साताको तेस्रो  दिन (मंगलबार) पनि सुनको मुल्य तोलामा २  सय रुपैयाले  घटेको  छ । सोमबार  प्रतितोला ६२  हजार रुपैयामा किनबेच  भइरहेको छापावाला सुनको मुल्य आज ६१ हजार  ८  सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साथै आज तेजावी सुनको मुल्य  प्रतितोला  ६१ हजार ५  सय  रुपैयामा किनबेच भइरहेको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले घटेको छ । सोमबार प्रतितोला ७ सय  ७५   रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज  तोलाको ७ सय ७० रुपैयामा  कायम रहेको महासंघले जनाएको  छ ।

प्रकाशित : मङ्गलबार, माघ २९, २०७५१२:१३
अर्को समाचार:

खुसीको खबर, लगातार घट्यो सुनचाँदीको मुल्य!