काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भए देखिनै भ्रष्टाचार विरुद्ध लड्ने बताउँदै आएका छन्। वर्तमान सरकारलाई भ्रष्टचार सह्य नहुने भन्दै प्रधानमन्त्रीले धेरै ठाउँमा भाषण समेत गरिसके। तैपनि उनको भनाइसँग जनता आश्वस्त हुन सकेका छैनन्।
वाइडबडी घोटाला प्रकरणको कारण सरकारको सर्वत्र आलोचना हुने गरेको छ। दोषीहरुलाई कारवाही गर्न तर्फ खासै ठोस कदम नचालेको भन्दै सरकारको आलोचना हुने गरेको हो।
अझ प्रतिपक्षले त वर्तमान सरकारलाई भ्रष्टाचारको खम्बानै बताउने गरेको छ। ओली सरकारकै पालामा देश भित्र भ्रष्टाचार मौलायो भन्दै कांग्रेसका नेताहरुले आरोप लगाउने गरेका छन्।
सोमबार गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा पनि प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्ध बोल्न भ्याए। त्यहाँ मात्र नभई सोमबार ओलीले भ्रष्टचार विरुद्ध एक ट्विट पनि गरे।
ओलीले गरेको ट्विट :
“भ्रष्टाचार सबैको शत्रु हो, भ्रष्टहरूको पनि शत्रु हो। अब नेपालमा विकास नहुनुको कारण भ्रष्टाचार मात्रै हो। #२८औस्थापनादिवस #अदुआ”
भ्रष्टाचार सबैको शत्रु हो, भ्रष्टहरूको पनि शत्रु हो। अब नेपालमा विकास नहुनुको कारण भ्रष्टाचार मात्रै हो। #२८औस्थापनादिवस #अदुआ
— K P Sharma Oli (@kpsharmaoli) February 11, 2019
प्रधानमन्त्री ओलीले गरेको यो ट्विटमा यतार्थ त पक्कै लुकेको छ। नेपाल भ्रष्टहरूकै कारण विकास हुन नसेकोमा कसैको दुईमत नहोला। देशलाई नाङ्गो बनाउने भनेकै भ्रष्टाचार हो। जसकारण भ्रष्टाचार देश विकासको सबै भन्दा ठूलो शत्रुको रुपमा खडा भएको छ।
यस यथार्थपरक ट्विटकै कारण प्रधानमन्त्री ओली मजाकको पात्र पनि बनेका छन्। धेरैले वाइडबडी घोटाला प्रकरणसँग जोडेर प्रधानमन्त्रीलाई ट्रोल गर्दै कमेन्ट गरेका छन्।
जो चोर उसैको ठुलो स्वर भन्ने अबस्था नआओस् सबैको चाहना यहि हो ।
— मनुष्य (@Manusya0) February 11, 2019
-ट्विटरबाट