शुक्र ग्रहले गर्यो राशि परिवर्तन, कुन राशिलाई धन र खुसिको वर्षात मिल्ला ? हेर्नुहोस् !

अगस्ट १ बाट दिउसोबाट शुक्र ग्रहले कन्या राशिमा प्रवेश गरेको छ। अब कन्या राशि सेप्टेम्बर १ सम्म कन्या राशिमानै रहनेछ। यस राशि परिवर्तनसंगै विभिन्न राशिमा प्रभाव देखा पर्ने गर्छ। शुक्र ग्रहलाई लाभप्रद ग्रह मानिने गरिन्छ। हेर्नुहोस शुक्र ग्रहको राशि परिवर्तनबाट कुन राशिलाई कस्तो असर पर्छ, हेर्नुहोस।

मेष

यस राशिलाई शुक्र ग्रहको राशि परिवर्तनले खासै लाभ नदिलाउने देखिन्छ। विरोधीको संख्या बढ्नाले मानसिक चिन्ता बढेर जान सक्ला। सावधान रहनु पर्न सक्ने देखिन्छ। यात्रा सकेसम्म नगरेकै उचित हुने देखिन्छ।

वृष

यस राशिलाई शुक्र ग्रहको राशि परिवर्तनले राम्रै लाभ दिलाउन सक्ला। परिवारमा सम्बन्ध राम्रो बन्ने देखिन्छ। मान-सम्मान हुन सक्ला। जागिरमा प्रगति समेत हुन सक्ला भने आर्थिक रुपमा पनि लाभ मिल्ने देखिन्छ।

मिथुन

यस राशिलाई शुक्र ग्रहको राशि परिवर्तनले पहिला बन्द भएको सम्पूर्ण कार्य शुरु गर्नमा मद्दत गर्ने देखिन्छ। भौतिक सुख मिल्न सक्ला। साथै स्वास्थ्यको दृष्टिबाट पनि समय राम्रो रहन सक्ला।

कर्कट

यस राशिलाई शुक्र ग्रहको राशि परिवर्तनले भाग्य चम्काउनको लागि मद्दत गर्ने देखिन्छ। नयाँ योजना लागु गर्नको लागि पनि परिवारबाट सहयोग मिल्न सक्ला। निजी जीवनमा मित्रताले धेरै सहयोग पुर्याउन सक्ला।

सिंह

यस राशिलाई शुक्र ग्रहको राशि परिवर्तनले सामान्य मात्रै असर पुर्याउन सकिने देखिन्छ। स्वास्थ्यमा सुधार आउने देखिन्छ भने आर्थिक रुपमा पनि समय राम्रै रहन सक्ला। तर खर्च भने अत्याधिकनै रहन सक्ला।

कन्या

यस राशिलाई शुक्र ग्रहको राशि परिवर्तनले शैक्षिक कार्यमा धेरै लाभ मिल्न सक्ला। कलाकारितामा पनि भनेको जस्तै प्रगति हुन सक्नेछ। परीक्षामा सफलता मिल्न सक्ला। साथै व्यवसायमा वृद्धि हुनेछ।

तुला

यस राशिलाई शुक्र ग्रहको राशि परिवर्तनले आर्थिक रुपमा लाभ दिलाउन सक्ला। जीवन शैलीमा परिवर्तन आउन सक्ने देखिन्छ भने टाढाको यात्रा पनि सफल हुन सक्ला। तर विचारमा भने नियन्त्रण राखेको राम्रो हुन सक्ला। वासनात्मक विचार बढ्न सक्ला।

वृश्चिक

यस राशिलाई शुक्र ग्रहको राशि परिवर्तनले स्वास्थ्यमा सुधार दिलाउन सक्ला। खान-पान एस्साथै रहन-सहनमा भनेको जस्तै सकारात्मक बदलाब देखा पर्ने देखिन्छ। प्रेमको मामलामा पनि सुधार मिल्ने देखिन्छ।

धनु

यस राशिलाई शुक्र ग्रहको राशि परिवर्तनले स्वास्थ्यमा धेरै असर देखा पर्ने देखिन्छ भने सम्बन्धहरु पनि बिग्रन सक्ने देखिन्छ। मानसिक तनाव पनि बढ्न सक्ला भने आर्थिक रुपमा समस्या बढ्न सक्नेछ।

मकर

यस राशिलाई शुक्र ग्रहको राशि परिवर्तनले नयाँ कार्यमा सफलता दिलाउन सक्ला। वैदेशिक यात्राको पनि सम्भावना रहेको छ। धार्मिक कार्यक्रमको घरमा आयोजना हुने देखिन्छ भने सम्भव भएसम्म सामाजिक कार्यमा अगाडी बढ्ने अवस्था आउन सक्ला।

कुम्भ

यस राशिलाई शुक्र ग्रहको राशि परिवर्तनले धन एकत्रित गर्ने अवसर दिलाउन सक्ने देखिन्छ। आर्थिक रुपमा मात्र नभई सामाजिक रुपमा पनि सम्पूर्ण लाभ मिल्नेछ। कानुनी रुपमा रहेका सम्पूर्ण समस्या हटेर जान सक्ला।

मीन

यस राशिलाई शुक्र ग्रहको राशि परिवर्तनले प्रोफेशनल कार्यमा भनेको जस्तो प्रगति हुन सक्ला। तर कुनै पनि सामान्य कार्य गर्नको लागि पनि धेरै परिश्रम गर्नु पर्ने अवस्था आउने देखिन्छ। स्वास्थ्य बिग्रन सक्ला।

अर्को समाचार:

यी ४ महिनामा जन्मने महिला हुने गर्छन् लक्ष्मीको रुप, हेर्नुहोस् कुन-कुन हुन् ती चार शुभ महिना