भारतविरुद्ध नेपाल २-० ले अगाडी !

Leaderboard Banner

काठमाडौं – नेपाली राष्ट्रिय महिला टोली हिरो गोल्डकप अन्तर्गत समूहको दोस्रो खेलमा भारतविरुद्ध खेलिरहेको छ । फरवार्ड सावित्रा भण्डारीको दुई गोलमा नेपालले खेलको सातौं मिनेटमा २-० को अग्रता बनाएको छ ।

खेलको पाँचौ मिनेटमा नै नेपालले अग्रता लिएको हो । हिराकुमारी भुजेलको लामो पासमा सावित्राले गरेको प्रहार भारतकी गोलरक्षक अदिति चौहानले छोएपनि पोस्टको दिशा लिंदै गोल भयो ।

त्यसको दुई मिनेटमै सावित्राले दोस्रो गोल थपिन । मनमाया लिम्बूले पेनाल्टी क्षेत्रभित्र दायाँ भागबाट दिएको क्रस गोलरक्षक अदितिले खुट्टामुनिबाट फुत्काएपछि सावित्राले गोललाइनबाट खाली पोस्टमा गोल गरेकी हुन् ।

प्रकाशित : सोमबार, माघ २८, २०७५२०:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

‘भारतलाई हराउने टोलीको लक्ष्य पूरा’ – प्रशिक्षक हरि खड्का