भर्खरै केहि समय अगाडी सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु ! बस चालक फरार !

Leaderboard Banner

काठमाडौँ, सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

आज बिहान कोटेश्वरबाट सिनामङ्गल जाँदै गरेको बा३ख ७०५७ नं को बसले ठक्कर दिँदा सोलुखुम्बुका ४९ वर्षीय पदम कार्कीको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले दुर्घटनाबाट गम्भीर घाइते कार्कीको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको जानकारी दिनुभयो । दुर्घटनामा संलग्न बसलाई महानगरीय प्रहरी वृत्त गौशालाले नियन्त्रणमा लिएको छ । चालक भने फरार रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित : सोमबार, माघ २८, २०७५१८:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

वर्तमान सरकारले काम गर्दैछ, प्रणालीलाई विधिअनुसार लैजान खोज्दा ढिलो भयो !