नेपाल र भारत बीचको खेल साँझ ७:१५ बजे शुरु हुने ! यसरी हेर्न सकिन्छ लाइभ !

Leaderboard Banner

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतको भुवनेश्वरमा जारी हिरो गोल्ड कपअन्तर्गत दोस्रो खेलमा आयोजक भारतको सामना गर्दैछ ।

खेल नेपाली समयानुसार साँझ ७:१५ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण एन्फाको आधिकारिक स्ट्रिम पार्टनर माइकुजुअन्तर्गत एन्फा टिभीले गर्ने भएको छ । खेलको उक्त प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कममार्फत पनि हेर्न सकिनेछ ।

पहिलो खेलमा म्यानमारसँग ३-० ले पराजित भएको नेपाल प्रतियोगिताको फाइनल पुग्ने आशा जीवित राख्न जित दर्ता गर्नुपर्ने दबाबमा हुनेछ । यद्यपी नेपालले अहिलेसम्म भारतलाई पराजित गरेको इतिहास छैन । भारतविरुद्ध पछिल्लो भेटमा नेपालले बराबरी खेलेको थियो । नोभेम्बरमा भएको ओलम्पिक छनोटमा नेपालले अग्रता लिएपनि त्यसलाई बचाउन नसक्दा १-१ को बराबरीमा रोकिएको थियो ।

नेपाली सावित्रा भण्डारी म्यानमारविरुद्ध भिड्दै
भारतले पहिलो खेलमा इरानलाई १-० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । यस खेलमा जित दर्ता गरे भारत फाइनलमा पुग्ने सम्भावना लगभग पक्का हुनेछ । साफ च्याम्पियनसिपका तयारीका रुपमा रहेको यस प्रतियोगिता भारत र नेपाल दुवै टोलीलाई फाइदाजनक हुनेछ ।

अंकविहिन रहेको नेपाल अंक तालिकाको पुछारमा रहेको छ । भारत ३ अंकसहित दोस्रो स्थानमा छ । गोलअन्तरको आधारमा ३ अंक नै जोडेको म्यानमार शीर्षस्थानमा रहेको छ । इरान तेस्रो स्थानमा छ ।

प्रकाशित : सोमबार, माघ २८, २०७५१७:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भारतविरुद्ध नेपाल २-० ले अगाडी !