चित्त बिझ्दो गीत नबजाएको भन्दै विवाहमा लफडा ! खुकुरी चल्दा ३ जना घाइते !

Leaderboard Banner

काठमाडौँ- ताप्लेजुङमा खुकुरी प्रहारबाट तीन जना घाइते भएका छन्। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ सिमल बोटमा चित्तबुझ्दो गीत नबजाएको भन्दै विवाहमा आएका पाहुना माथि खुकुरी प्रहार गरेका थिए।

खुकुरी प्रहारबाट घाइते हुनेहरुमा फुङलिङ नगरपालिका–८ दोखुका ३८ वर्षीय कर्णबहादुर सुनुवार, ३० वर्षीय पेम्बा शेर्पा र ३२ वर्षीय पासाङ शेर्पा छन्। उनीहरु विवाहमा आएका पाहुना रहेको बुझिएको छ।

घाइतेहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भैरहेको छ। प्रहरीका अनुसार सोमबार बिहानी पख खुकुरी प्रहार भएको थियो। स्थानीय दिलबहादुर तामाङको छोरीको विवाह गीतको विषयलाई लिएर विवाद भएको थियो।

गीतको विषयलाई लिएर दुई समूह बीच झगडा भएको थियो। सोहि क्रममा सोही स्थानका २२ वर्षीय विश्व सेङदान, १७ वर्षीय सरोज सेङदान र १९ वर्षीय मिखे तामाङलगायत ४–५ जनाको समूह खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

खुकुरी प्रहार गर्ने समूह अहिले फरार छ। प्रहरीका अनुसार अहिले उनीहरुको खोजि भैरहेको छ।

प्रकाशित : सोमबार, माघ २८, २०७५१७:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ग्यासको सिलिण्डर खुला छोड्दा आगलागी !