आईसीसी वरियतामा छलाङ मार्दै सोमपालको २२ स्थान सुधार ! पारस विश्वका शीर्ष ४० अलराउन्डर !

Leaderboard Banner

एजेन्सी- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) को नयाँ टी– २० क्रिकेट वरीयतामा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का र सोमपाल कामीले छलाङ मारेका छन् ।

ब्याटिङतर्फ कप्तान पारस खड्का ६ स्थान सुधार गर्दै ९० औं स्थानमा उक्लिएका छन् । यसअघि पारस ९६ औं स्थानमा थिए । बलिङ तर्फ सोमपाल कामीले ठूलो छलाङ मारेका छन् । सोमपालले २३ स्थान छलाङ मार्दै ७० औं स्थानमा उक्लिएका छन् । सोमपाल यस अघि ९३ औं स्थानमा थिए ।

बलिङतर्फ वसन्त रेग्मीले ३ स्थान सुधार गर्दै ७१ नम्बरमा आएका छन् । वसन्त यसअघि ७४ औं स्थानमा थिए । अलराउन्डरतर्फ पारसले स्थान सुधार गर्दै ३९ औं स्थानमा रहेका छन् । सोमपालले अलराउन्डरतर्फ १३ स्थान छलाङ मारेका छन् । नयाँ वरीयतामा सोमपाल ५१ औं स्थानमा उक्लिएका छन् ।

नयाँ वरीयता अनुसार ब्याटिङमा बाबर आजम, बलिङमा राशिद खान र अलराउन्डर तर्फ ग्लेन म्याक्सवेल शीर्षस्थानमा रहेका छन् ।

प्रकाशित : सोमबार, माघ २८, २०७५१४:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेपाल र भारत बीचको खेल साँझ ७:१५ बजे शुरु हुने ! यसरी हेर्न सकिन्छ लाइभ !