खुकुरी देखाउँदै नातिनीलाई पटक-पटक बलात्कार गर्ने हजुरबुबा पक्राउ !

Leaderboard Banner
सांकेतिक तस्विर

काठमाडौँ- आफ्नै नातिनीलाई पटक-पटक बलात्कार गर्दै आएका एक वृद्धलाई प्रहरीले गुल्मीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा नाम नखुलाइएका ७० वर्षीय वृद्ध छन्।

पक्राउ पर्ने वृद्धले १३ वर्षीय नातिनीलाई खुकुरी देखाएर बलात्कार गर्ने गरेका थिए। प्रहरीले मालिका गाउँपालिका घमिर स्थायी घर भएका वृद्धलाई भारतको आशमबाट पक्राउ गरेका थिए।

जिल्ला प्रहरी कार्यलय गुल्मीका अनुसार पीडित बालिकाका बाबु कान्छी श्रीमतीसँग अन्तै बस्ने गरेका थिए। घरमा रहेका दुई नातिनी मध्ये १३ वर्षीय नातिनीलाई वृद्धले खुकुरी देखाएर बलात्कार गर्ने गरेका थिए। वृद्धको कर्तुत बाबुसमक्ष पुगेपछि पीडित पक्षले प्रहरीमा उजुरी दिएका थिए।

उजुरीको आधारमा वृद्धलाई भारतको आशाम पुगेर प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान भैरहेको छ। अदालतबाट म्याद थप गराएर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।

प्रकाशित : सोमबार, माघ २८, २०७५१४:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रदेश नं ३ मा भ्रष्टलाई ठाउँ छैनः मुख्यमन्त्री पौडेल !