चेल्सीको पोष्टमा सिटीको आधा दर्जन गोल ! सिटी शीर्ष स्थानमा !

Leaderboard Banner

म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर सिटी इग्लिस प्रिमियर लिग अंक तालिकाको पुनः शीर्ष स्थानमा उक्लेको छ । आइतबार राती चेल्सीलाई ६–० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लेको हो ।

लिभरपुलसँग समान ६५ अंक पुगेपछि गोलअन्तरका आधारमा सिटी शीर्ष स्थानमा उक्लेको हो । तेस्रो स्थानको टोटेनह्यामको ६० र चौथो स्थानको म्यानचेस्टर युनाइटेडको ५१ अंक छ ।

पाँचौं स्थानको आर्सनल र छैटौं स्थानको चेल्सीको समान ५० अंक छ । टोटेनह्यामले आइतबार नै लेस्टर सिटीलाई ३-१ ले हराएको थियो ।

घरेलु मैदानमा सर्जियो अगुएरोले ह्याट्रिक गरेपछि सिटीको जित सहज बनेको थियो । टोलीका लागि रहिम स्ट्रलिङले २ र इल्क्ये गुन्डुगानले १ गोल गरे । स्ट्रलिङले चौथो मिनेटमा गोल गर्दै अग्रता दिलाएको खेलको पहिलो हाफमै सिटीले ४–० को अग्रता लिएको थियो ।

अगुएरोले १३ औं र १९ औं तथा गुन्डागानले २५ औं मिनेटमा गोल गरे । अगुएरोले ५६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । स्ट्रलिङले ८० औं मिनेटमा अर्को गोल थपेका थिए ।

प्रकाशित : सोमबार, माघ २८, २०७५०९:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

फराकिलो जितसँगै अपराजित युभेन्ट्सले अग्रता बढायो