हिजोमात्र बन्द भएका शैक्षिक संस्था फेरी ठप्प हुने संकेत, पर्सिबाट अनिश्चितकाल बन्दको चेतावनी !

Leaderboard Banner

काठमाडौँ : नेपाली कांग्रेस निकट विद्यार्थी संगठन ,नेपाल विद्यार्थी संगठन (नेविसंघ)ले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाई नगरे माघ २६ गतेबाट शैक्षिक संस्था बन्द गर्ने चेतावनी दिएको छ।

गत माघ २२ गते एक विज्ञप्ति जारी गर्दै नेविसंघले आफ्ना कार्यकर्तामाथि लागिएको आगजनी मुद्धा फिर्ता गरि रिहाई नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको हो।

शनिबार सडकमा भेटिएका सरकारी गाडीमाथि आगजनी गर्ने क्रममा नेविसंघले पोखरा महानगरपालिका शिक्षा विभागको बा १ झ ५८७९ नम्बरको सरकारी गाडी जलाएको थियो। सोहि घटनामा संलग्न भएकाहरुलाई पक्राउ गरि मुद्धा चलाएपछि नेविसंघले आन्दोलनको घोषणा गरेको हो।

मंगलबार नेविसंघका तीन केन्द्रिय सदस्यले संयुक्त विज्ञप्तीबाट आन्दोलनको कार्यक्रम घोषणा गर्दै भोलिसम्म आफ्ना पक्राउ परेका कार्यकर्ता ससम्मान रिहाई नभए पर्सिबाट कास्की जिल्लाभरि रहेका शैक्षिक संस्था बन्द गर्न बाध्य हुने बताएका छन्।

गत शनिबार नेविसंघले केन्द्रिय समितिको आदेश भन्दै देशका विभिन्न स्थानमा सरकारी गाडीमाथि आगजनी गरेको थियो।

प्रकाशित : शुक्रबार, माघ २५, २०७५१५:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

१७ वर्षीय सालीमाथि बलात्कार गर्ने भिनाजु काठमाडौँबाट पक्राउ !