एजेन्सी- अर्जेन्टिनाका फुटबल खेलाडी इमिलियानो सालाको शव फेला परेको छ। अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार सालाको शव विमानको अवशेष भित्र बुधबार साँझ फेला परेको हो।
डोरसेट प्रहरीले आफ्नो आधिकारिक वक्तब्यमा भनेको छ,” पोर्टल्याण्ड बंदरगाहमा आज बिहिबार ल्याइएको शव इमिलियानोकै भएको पुष्टि भएको छ। यस बारे सम्बन्धित परिवारलाई जानकारी गराइसकिएको छ।” खोजकर्ताहरुले पानि मुनि विमानको अवशेषमा सालाको शव फेला परेको अन्तराष्ट्रिय संचार माध्यमहरुले बताएका छन्।
गत जनवरी २१ देखि अर्जेन्टाइन स्ट्राइकर साला र पाइलट डेविड इब्बोटसन चढेको विमान वेपत्ता थियो। फ्रान्सको नान्टेसबाट कार्डिफ सिटीतर्फ उडेको उक्त विमान फ्रान्सको तटीय क्षेत्रबाट सम्पर्क बिहिन भएको थियो। हप्तौं देखि खोजि कार्यमा जुटिरहेको खोजि टोलिले दुर्घटनाग्रस्त विमान आइतबार फेला पारेको थियो।
खोजीकार्य हुँदै गर्दै इमिलियानोको शव खोजकर्ताहरुलाई बुधबार साँझ फेला परेको बुझिएको छ। अर्जेन्टिनामा जन्मिएका २८ वर्षीय साला हालै फ्रेन्च क्लब नान्तेसबाट कार्डिफ सिटीमा आवद्ध भएपछि आफ्नो नयाँ क्लब कार्डिफ आउँदै गर्दा उनी सवार विमान सम्पर्कबिहिन भएको थियो।
साला चढेको निजि विमानमाका पाइलट डेविड नामक भने अझै पनि फेला परेका छैनन् । उनको खोजि कार्य जारी रहेको बताइएको छ ।