भोलि देशव्यापी शैक्षिक संस्था बन्द आह्वान !

Leaderboard Banner

काठमाडौँ : नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा ) निकट अखिल क्रान्तिकारीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक गिरफ्तारीको बिषयलाई लिएर अखिल क्रान्तिकारीले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई बिहीबार बेलुका विराटनगर विमानस्थलबाट प्रहरीले गिरफ्तार गरेको थियो । यसै सन्दर्भमा अखिल क्रान्तिकारीले शुक्रबार रिर्पोटस क्लवमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकालको हस्ताक्षरमा बितरण गरिएको प्रेस विज्ञप्तिमा २०७५ माघ २० गते प्रत्येक क्याम्पस र शैक्षिक संस्थामा विरोध प्रदर्शन गर्ने, २०७५ माघ २१ गते प्रत्येक जिल्लामा विरोध र्याली तथा कोणसभा गर्ने, २०७५ माघ २३ गते देशब्यापी मशाल जुलुस गर्ने र २०७५ माघ २४ गते देशब्यापी शैक्षिक आमहड्ताल गर्ने उल्लेख छ ।

पत्रकार सम्मेलनमा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष चिरञ्जिवी ढकालले अहिलेको सरकारले प्रहरी लगाएर अपहरण शैलीमा केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई गिरफ्तार गरेको बताए । उनले भने, ‘कमरेड नरेन्द्रको गिरफ्तारी एउटा अमानवीय हर्कत हो र क्रान्तिकारीहरुलाई झुठ्ठा मुद्दा लगाएर जेल, नेल र यातना दिएपछि क्रान्तिको प्रवाहलाई रोक्न सकिने ध्येय राख्नु वर्तमान सामाजिक दलाल पुँजीवादी सरकारको दिवा सपना मात्र हो ।’

उनले सरकारलाई दलालको संज्ञा दिँदै देशको पैसा मनोमानी हिसावले खाईरहेको ठोकुवा गरे । उनले भने, ‘हामीले स्वाधिनता र राष्ट्रको लागि गरेको काम देखि नसहने ?’ उनले विश्वकर्माको तुरुन्त रिहाईको माग गर्दे हिजो क्रान्तिकारी माथि धावा बोल्दाको अवस्थाको स्मरण गर्न पनि सरकारलाई सचेत गराए ।

प्रकाशित : बुधबार, माघ २३, २०७५११:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अमेरिकी राजदूत र प्रधानमन्त्री ओली बीच आधा घन्टा ‘वान टु वान’ वार्ता ! के भयो वार्तामा ?