भोलि काठमाडौँ लगायत प्रदेश नं ३ का जिल्लाहरुमा सार्वजनिक बिदा !

Leaderboard Banner

काठमाडौँ : माघ १६ गते पर्ने शहिद दिवसका दिन प्रदेश ३ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले महान शहिदहरुको सम्झना र सम्मानका लागि त्यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

दिवसका अवसरमा प्रदेश नम्बर तीनका विभिन्न जिल्लामा कार्यक्रमको आयोजना गरि शहिदहरुको सम्झना गरिने समेत बैठकपछि जानकारी गराईएको छ।

 विशेषगरि यस दिन शहिद शुक्रराज शास्त्री,  गंगालाल श्रेष्ठ , दशरथ चन्द र धर्मभक्त माथेको सम्झनामा  दिवस मनाउने गरिएको छ।

प्रदेशस्तरीय सार्वजनिक बिदा दिने प्रदेश सरकारको यो पहिलो निर्णय हो ।

प्रकाशित : बिहिबार, माघ १०, २०७५१३:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

छ महीनामा सवारी दुर्घटनामा ९१ को मृत्यु