रवि लामिछाने र निकिता पाैडेलले गरे कानुनी विवाह ! वैशाखमा फेरी विवाह गर्ने !

Leaderboard Banner

काठमाडौँ- नेपालका चर्चित पत्रकार रवी लामिछानेले निकिता पौडेलसँग विवाह गरेका छन् । लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष समेत रहेकी निकिता पौडेलसँग सोमबार विवाह गरेका हुन्।

काठमाण्डौ जिल्ला अदालतमा गएर कानुनी रुपमा विवाह दर्ता गराएको रवी आफैले फेसबुक मार्फत खुलासा गरेका हुन्।

फेसुबुकमा रवीको स्ट्याटस यस्तो छ :
“व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ। एक अर्काका परिवार,आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जिल्ला आदालतमा विवाह दर्ता गरेका छौ। यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद। परम्परागत रुपमा हामी आउदो वैशाखमा विवाह गर्ने छौ। यो हाम्रो नितान्त व्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, व्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ।”

यसरी भएको रहेछ युएस बंगला विमान दुर्घटना [सीसी टिभी फुटेज लिक ] , यो भिडियो हेर्नुहोस्

प्रकाशित : सोमबार, माघ ०७, २०७५१७:१२
अर्को समाचार:

रविसँग कुनै सम्बन्ध छैन भनेकी निकिताले विवाहको कारणबारे यसरी खुलाईन्….