अनशनरत डा. गोविन्द केसीको छाति र फोक्सोमा समस्या , आज बिहानै अस्पताल भर्ना !

Leaderboard Banner
फाईल तस्बिर

काठमाडौँ : करिब एक सातादेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।

सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाउनुपर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएस भर्ना सुरु गर्ने व्यवस्था हुनुपर्ने लगाएतका विभिन्न माग राखी ६ दिनदेखि ईलाममा अनशन बसेका डा.केसीको फोक्सो र छातिमा समस्या देखिएपछि आज इलाम जिल्ला अस्पतालको ओपीडीमा भर्ना गरिएको हो।

उनको रक्तपरीक्षण तथा पिसाब परीक्षणबाट छाति र फोक्सोमा समस्या देखिएपछि उनलाई बिहानै अनशनस्थलबाट एम्बुलेन्समा राखेर जिल्ला अस्पताल पुर्‍याइएको हो।

गत साउन १० गते चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएपनि कारर्वान्यन हुने नसकेपछि डा.केसी पुन अनशन बसेका हुन्। त्यसैगरि निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाउनुपर्ने साथै, प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा लगाई कारबाही गर्नुपर्ने लगाएत अन्य थुप्रै मागहरु राख्दै डा.केसीले १६औँ पटक सत्याग्रह सुरु गरेका थिए।

प्रकाशित : सोमबार, पुष ३०, २०७५११:३१
अर्को समाचार:

चर्चित अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला बिहे गर्दै ! सार्वजनिक गरे निमन्त्रणा कार्ड…