दुई लक्ष्मणबिचको अन्तरद्धन्दले इस्मा गाउँपालिका थलियो, केन्द्र निर्धारण अनिश्चित

Leaderboard Banner

गुल्मी , साउनमा लुतो फाल्ने बेला भन्ने गरिन्छ । ‘वल्ला टोले–पल्ला टोले’ मेरो लुतो लैदे । इस्मा गाउँपालिकामा केन्द्रको बिषयले पनि तल्ला टोले र उपल्ला टोले बनाएको छ ।

जसका कारण इस्माको विकासमा आशा गरे अनुसारको प्रगती दैखिदैन् । तल्ला र उपल्ला दुवै टोलेलाई साउने लुतो लागेको दुई बर्ष पुग्न थाले । दुवै समुह उपचार चाहँदैनन् । बरु बसेर कन्याउनुनै उत्तम भनिरहेका छन् । तराजुको एक भागमा समग्र इस्माको काम र अर्को भागमा केन्द्र छ । अहिले इस्माको कामलाई नुन र केन्द्रलाई सुन बनाइएको छ । दुवैको आफ्नै बिशेषता छन् । कुरा बदलौ, चुनावी नारामा गाउँपालिकाको केन्द्र चाँपटारी हो । समितिको निर्णयमा पनि चाँपटारीनै छ । राजपत्रमा साविकको गाविस कार्यालय भनेर आयो ।

त्यो बिषय अहिले ओडारको केतुकी भएको छ । न झर्ने न फैलिने । सबै पक्षले केन्द्र खोजिरहेका छन् । त्यो स्भाविक हो । रिमोट इस्मा गाउँपालिका सरकारमा छ । गाउँपालिकाले चाहे एकछिन्मा केन्द्र टुङ्गो लगाउन सक्छ । तर गुल्मीको बिडम्बना जहाँ जसको बहुमत छ, त्यहाँ तिनीहरुबिचमै चरम बिबाद छ । इस्मा गाउँपालिकामा पनि एक जना वडाध्यक्ष बाहेक सवै नेकपाको पोल्टामा मत छ ।

नेकपाका प्रतिनिधीहरुबिचमै बिबाद भएकाले केन्द्र हराईरहेको छ । तल्ला र उपल्ला नेकपामा उस्तै परे पानी बाराबारको अवस्था छ । स्रोतका अनुसार जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली र इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टबिच अन्तरद्धन्द छ । एकलाई अर्कोको अस्थित्व स्विकार्य छ्रैन् । सकेसम्म दुवै जना एउटै मञ्चमा नभेटिन पाए खुसी ठान्छन् । दुवैसंग वडाध्यक्ष बाँडिएका छन् । करिव दुई बर्ष पुग्न थाल्यो , केन्द्र टुङ्गो नलागेकाले भौतिक पुर्वाधार छैन । समग्र मानिसको केन्द्र हेरेर बनाउने धारण खुम्चिएको छ ।

व्यक्ति–व्यक्तिको कटाक्ष र द्धन्दले गाउँपालिका थलिएको छ । यो बिचमा प्रतिपक्षलाई फाइदा पुगेको छ । केन्द्र टुङ्गो लागेका स्थानमा बजार तथा बस्ती विकास र भौतिक पुर्वाधार बनिरहेका छन् । त्यस कारण पनि इस्माको विकास एक कदम पछाडी छ । अव केहि समयमै बिबाद समाधान गरेर केन्द्र स्थापित नभए, प्रक्रियाकै कारण केन्द्र निर्धारण असम्भव छ । बर्षौ भाडा तिरेर गाउँपालिका संचालन गर्नुपर्ने बाध्यता छ ।

गाउँपालिका प्रमुख ज्यू बेला ढिप्कीयो । सकिन्छ, सहमति खोज्नुस् । नभए मतको दम्भसहित चुनाव गराउनुस्

मतको परिणाम अर्को पक्षले स्विकार गर्नैपर्छ । तर बिलम्ब नगर्नुस्, अवेला भयो । यदि दुई लक्ष्मणबिचको अन्तरद्धन्दले गाउँपालिका पछाडी पर्ने अवस्था सृजना भए, जनताले हिसाब राखेका छन् । भविष्य पर्खनुपर्नेछ । तपाईहरु होइन्, इस्मा असफल नबनाउनुस् ।

प्रकाशित : सोमबार, पुष ३०, २०७५१०:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अनशनरत डा. गोविन्द केसीको छाति र फोक्सोमा समस्या , आज बिहानै अस्पताल भर्ना !