हवाई भाडा घट्यो ! हेर्नुहोस् कहाँ उड्न कति भाडा लाग्छ ? [सूचि सहित]

Leaderboard Banner

काठमाडौँ- बिहीबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिकतर्फको हवाई भाडा पनि घट्ने भएको छ। निगमले बिहीबार राति बाह्र बजेदेखि लागू हुनेगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएपछि हवाई भाडा पनि घट्ने भएको हो।

पहिला १०४रुपैयाँ ५० पैसा प्रतिलिटर पर्ने हवाई इन्धन अब भने १० रुपैयाँ घटेर ९४ रुपैयाँ ५० पैसा पर्ने भएको छ। यससँगै शुक्रबार बसेको एयरलाइन्स अपरेटर एसोसियशन्स अफ् नेपालको बैठकको आन्तरिकतर्फको हवाई भाडा घटाउने निर्णय गरेको हो।

काठमाण्डौबाट विभिन्न क्षेत्रको हवाई भाडा ९० रुपैयाँदेखि ४४० रुपैयाँसम्म घटाइएको एसोसियशन्सले जानकारी गराएको छ। मूल्य घटेपछि निर्धारण भएको आन्तरिकतर्फको हवाई भाडा निम्न उल्लेखित छ।

माउण्टेन फ्लाइट ११,३०० रुपैयाँ
काठमाण्डौ–पोखरा ५०५० रुपैयाँ
काठमाण्डौ–भरतपुर ३६५० रुपैयाँ
काठमाण्डौ–विराटनगर ७५५० रुपैयाँ
काठमाण्डौ–जनकपुर ४३०० रुपैयाँ
काठमाण्डौ–सिमरा ३१२० रुपैयाँ
काठमाण्डौ–भैरहवा ६२०० रुपैयाँ
काठमाण्डौ–धनगढी १२,६५० रुपैयाँ
काठमाण्डौ–नेपालगञ्ज ५५०० रुपैयाँ
काठमाण्डौ–भद्रपुर ९१०० रुपैयाँ
काठमाण्डौ–तुम्लिङटार ६,००० रुपैयाँ

एयरलाइन्स अपरेटर एसोसियशन्स अफ् नेपालका अनुसार यो भाडादर पुस २९ गतेदेखि लागू हुनेछ।

प्रकाशित : शुक्रबार, पुष २७, २०७५१९:०८
अर्को समाचार:

भिरबाट खसेर घाइते भएका हवल्दारको उपचार नपाउँदा मृत्यु !