माघ ८ देखि कांग्रेसले सरकारविरुद्ध आन्दोलन चर्काउने ! [ विज्ञप्ति सहित ]

Leaderboard Banner

काठमाडौँ : नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले वर्तमान सरकार विरुद्ध आन्दोलनको  कार्यक्रम घोषणा गरेको छ।

गत पौष २८ गते विज्ञप्ति जारी गरि तरुण दलले कम्नियुष्ट सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, महँगी, मूल्यवृद्धि, वाइड बडी घोटाला, निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसेको आरोप लगाउँदै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

तरुण दलले आगामी माघ १ गतेदेखि सुरु हुने गरि आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ। जसअनुसार माघ ८ गते प्रदेश नं १ बिराटनगर, माघ ९ गते प्रदेश नं २ जनकपुर, माघ १० गते प्रदेश नं ३ हेटौंडा, माघ ११ गते प्रदेश नं ४ पोखरा, माघ १२ गते प्रदेश नं ५ भैरहवा, माघ १३ प्रदेश नं ६ सुर्खेत र माघ १४ गते प्रदेश नं ७ धनगढीमा सरकारका गलत कदम विरुद्ध प्रदर्शन गर्ने कार्यक्रम रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

तरुण दलका कन्द्रीय महासचिव भुपेन्द्रजंज शाहीद्वारा जारी विज्ञप्तिमा कम्नियुष्ट सरकारको अधिनायकवादी चरित्रका कारण विरोध प्रदर्शन गर्नुपरेको बताइएको छ।

 

प्रकाशित : शुक्रबार, पुष २७, २०७५१७:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भोलि शनिबार पनि बैंकका शाखा कार्यालयहरु खुल्ने ! नेपाल राष्ट्र बैंकले दियो यस्तो निर्देशन !