विवेकशील साझा पार्टी फुट्यो , उज्जवलसहित रन्जु दर्शनाको नँया दल दर्ता !

Leaderboard Banner
फाइल तस्बिर

काठमाडौँ : रविद्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी फुटेको छ।

संयोजक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएपछि पार्टी फुटेको बुझिएको हो। उज्वल थापाले नेतृत्व गर्ने नँया पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरेर निर्वाचन आयोगमा दर्ताका लागि पठाइएको हो।

विवेकशील साझाका ३७ केन्द्रिय समिति सदस्यमध्य रन्जु दर्शना, प्रदेश ३ का सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसहित १६ जना नँया दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेका थिए।

विवेकशील साझाका संयोजक थापाले पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समीक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए। गत वर्ष भएको प्रतिनिधिसभा निर्वाचन अघि उज्ज्वल थापा नेतृत्वको विवेकशील र रविन्द्र मिश्रको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी गठन भएको थियो ।

प्रकाशित : शुक्रबार, पुष २७, २०७५१७:३२
अर्को समाचार:

माघ ८ देखि कांग्रेसले सरकारविरुद्ध आन्दोलन चर्काउने ! [ विज्ञप्ति सहित ]