हातबाट खसेको मोबाइल पड्किँदा ७ वर्षीय बालकको मृत्यु ,आमा गम्भीर घाइते !

Leaderboard Banner

काठमाडौँ : मोरङको विरटनगरमा मोबाइल पड्किँदा सात वर्षीय बालकको मृत्यु भएको छ।

शुक्रबार बिहान विराटनगरको रानीस्थित आफ्नै घरमा मोवाइल पड्किँदा सात वर्षीय बालक अमृत मण्डलको मृत्यु भएको हो भने आमा राधिका मण्डल गम्भीर घाइते भएकी छिन्।

विराटनगर महानगरपालिका-१५ रानीको मण्डल टोलमा आगो ताप्ने क्रममा मोबाइलको व्याट्री पड्किँदा सात वर्षीय बालकको मृत्यु भएको र आमा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

हातमा समाइरहेको मोबाइल खसेर आगोमा परेपछि पड्किएको बताइएको छ। मोबाइल पड्किएर गम्भीर घाइते भएका बालकको उपचारको क्रममा कोशी अञ्चल अस्पताल विराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

घाइते राधिकाको सोहि अस्पतालमा उपचार भईरहेको छ।

प्रकाशित : शुक्रबार, पुष २७, २०७५१६:५०
अर्को समाचार:

विवेकशील साझा पार्टी फुट्यो , उज्जवलसहित रन्जु दर्शनाको नँया दल दर्ता !