सूर्यको घातक बलिङमा प्रदेश ३ को सहज जित

Leaderboard Banner

इनरुवा – स्पिनर सूर्य तामाङले घातक बलिङ गर्दै ५ विकेट लिएपछि इनरुवामा जारी मनमोहन एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले प्रदेश ६ माथि ६ विकेटको सहज जित निकालेको छ ।

इनरुवा खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश ६ ले ३० औं ओभरमा अलआउट हुनुअघि १ सय ११ रन बनायो । उसका लागि कप्तान रविन्द्र जङ शाहीको ५५ बलमा ६ चौका प्रहार गर्दै ३९ र निश्चल रावतले २२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । प्रदेश ६ लाई सस्तैमा रोक्न प्रदेश ३ का युवा स्पिनर सूर्य तामाङले घातक बलिङ गरे । तामाङले ९.२ ओभरमा २ मेडन सहित २२ रन खर्चेर ५ विकेट लिए । त्यस्तै प्रतिश जि.सी २ र नन्दन यादवको नाममा १ विकेट रह्यो ।

सामान्य लक्ष्य पछ्याएको प्रदेश ३ ले २७ औं ओभरको पहिलो बलमा ४ विकेटको क्षतिमा लक्ष्य सहजै पुरा गर्यो । प्रदेश ३ का लागि आदिल खान २६, सोनु तामाङ १४, जितेन्द्र ठकुरी १६, भूपेन्द्र थापा १२ रनको योगदान दिए । प्रदेश ६ का लागि दिवान पुन, युवराज केसि, राज साह र रविन्द्र जङ शाहिले समान १ विकेट लिए ।

प्रकाशित : शुक्रबार, पुष २७, २०७५१५:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

कोउटिन्होले बार्सिलोना छाड्ने सम्भावना