रियलका कप्तान रामोसले जिते ‘सेभेन स्टार्स’ अवार्ड

Leaderboard Banner

एजेन्सी – स्पेनिस जाइन्ट रियल मड्रिडका कप्तान सर्जियो रामोसले उत्कृष्ट पुरुष खेलाडी ‘सेभेन स्टार्स’ अवार्ड जितेका छन् ।

रामोसले मड्रिडमा रहेर स्पेनको खेललाई विकास गर्न मैदान र मैदानबाहिरबाट पु¥याएको योगदानको कदर गर्दै उनलाई सो प्रसिद्ध अवार्ड दिइएको हो ।

क्लबलाई विभिन्न उपाधि जिताएपछि उनले सेभेन स्टार्स अवार्ड हात पारेका हुन् ।उनलाई यो अवार्ड मड्रिडको क्षेत्रीय सरकार प्रमुख एञ्जल गारिडोले पुरस्कार हस्तान्तरण गरे ।

अवार्ड प्राप्त गरेसँगै रामोसले अवार्डबाट सम्मानित हुन पाउनु निकै खुसी रहेको र सबैलाई धन्यवाद दिन चाहेको बताए । च्याम्पियन्स लिगमा रियलले लगातार तीनपटक उपाभि जित्दा रामोस नै टिमको कप्तान रहेका थिए ।

प्रकाशित : शुक्रबार, पुष २७, २०७५१३:३५
अर्को समाचार:

सूर्यको घातक बलिङमा प्रदेश ३ को सहज जित