भोलि सार्वजनिक बिदाको विषयमा सरकारले गर्यो यस्तो निर्णय !

Leaderboard Banner
फाइल तस्बिर

काठमाडौँ : सरकारले पौष २७ गते (भोलि )सार्वजनिक नदिने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भोलि सार्वजनिक विदा नभएको स्पष्ट परेका हुन्।

पृथ्वीनारायण शाहको २९७ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै स्वतन्त्र नागरिक समाजले बिहिबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्यालीको आयोजना गरेको थियो।

नयाँ बानेश्वरमा भएको कोणसभालाई सम्बोधन गर्दै समाजका अगुवाहरुले पृथ्वीनारायण शाहको जन्मोत्सव भव्य रुपमा मनाउन पुष २७ गते सार्वजनिक विदा दिनु पर्ने बताएका थिए।

केहिदिन अघि मात्र राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले गृहमन्त्री रामबहादुर थापालाई भेटी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिन माग गर्दै ज्ञापनपत्र बुझाएको भएपनि मन्त्रालयबाट ठोस निर्णय आईसकेको छैन।

यसअघि देउवा सरकारको मन्त्रिपरिषद बैठकले पुस २७ गते सार्वजनिक विदा दिएकोमा अहिले कटौती गरिएको छ।

प्रकाशित : बिहिबार, पुष २६, २०७५१७:००
अर्को समाचार:

पूर्वराजा ज्ञानेन्द्रद्वारा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त !