धमाधम इन्धनको मुल्य घट्दो , पेट्रोलको भाउ फेरी घट्ने !

Leaderboard Banner

काठमाडौँ : नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी हवाइ इन्धनको मूल्य घटाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले केहिदिन अघि इन्धनको मूल्य घटाउने घोषणा गरेकोमा आजैबाट लागू हुनेगरि निगमले प्रतिलिटर १० रुपैयाँ घटाएको हो।

यसअघि प्रति लिटर १०४ रुपैयाँ ५० पैसा रहेको हवाइ इन्धनमा १० रुपैंया घटेसँगै अब इन्धन भर्नुपर्दा ९४ रुपैयाँ ५० पैसा प्रतिलिटर तिर्नुपर्ने निगमले जनाएको छ। पेट्रोल तथा डिजेलको मूल्य निरन्तर घटाएर समायोजन गरिरहेको अवस्थामा आन्तरिक तथा बाह्य हवाई इन्धनको मूल्य पनि घटाउन थालिएको मन्त्री यादवले बताए।

उनका अनुसार पेट्रोलको मूल्य धेरै घटाउनुपर्ने भए पनि दशैँको समयमा लागेको घाटा मिलाउनका लागि कम घटाइएको र उक्त घाटा रकम उठेपछि पेट्रोलको मूल्य धेरै घट्नेछ।

मन्त्री यादवले केही समयमा बाह्‍य हवाई इन्धनको मूल्य पनि घटाउने जानकारी दिँदै इन्धनको मूल्य घट्दापनि भाडाडर नघटनु दुखको विषय भएको बताए।

प्रकाशित : बिहिबार, पुष २६, २०७५१४:२४
अर्को समाचार:

देशलाई लुट्दै काठमाडौँमा मात्रै ५ वटा घर ! ४ वर्षमा लगभग १ करोड १७ लाखको सपिङ !