राजदुत सेर्पासँग ३ करोड लिएको पुष्टि भए प्रधानमन्त्री ओलीलाई जेल हाल्नुपर्छ “

Leaderboard Banner

काठमाडौँ : नेपाल कम्नियुष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य लेखनाथ न्यौपानेले अष्ट्रेलियाकी पूर्व राजदुत लक्की सेर्पाका विषयमा सार्वजनिक भएका समाचारहरु पुष्टि भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेल हाल्नुपर्ने बताएका छन्।

नेता न्यौपानेले आफ्नो फेसबुक एकाउन्टमा स्ट्याटस पोस्ट गर्दै मानव कारोबारको आरोपमा अष्ट्रेलियाको राजदूतबाट बर्खास्त भएपछि लक्की सेर्पाले प्रधानमन्त्री ओलीलाई राजदूत हुन ३ करोड दिएको भन्ने समाचार बहिरिएकाले उक्त विषय पुष्टि भएमा सेर्पासहित ओलीलाई जेल हाल्नुपर्ने धारणा व्यक्त गरेका छन्।

उनले पहिलो र दोश्रो भन्दै एकैपटक आफ्ना धारणा व्यक्त गरेका छन् जसमा लेखिएको छ : “यदि लक्की शेर्पाले नभनेको बिषयलाई समाचार बनाएर समग्र राजनीति, पार्टी र पार्टीको तर्फबाट प्रम बनेको नेतालाई घुस जस्तो गम्भीर अपराधसँग जोड्ने र समाचारमार्फत् हद दर्जाको बदनाम गर्ने छुट पत्रकारलाई पनि हुँदैन । त्यसकारण यस्तो समाचार लेख्ने पत्रकारलाई तुरून्तै जेल कोच्नु पर्यो र त्यस्तो सञ्चार माध्यमलाई प्रतिबन्ध गर्नुपर्यो ।

नेकपा नेता न्यौपानेले लेखेका छन् : 

प्रकाशित : बुधबार, पुष २५, २०७५१४:४०
अर्को समाचार:

आज बिहान ४ः३० बजे आफ्नै सुत्ने कोठामा आगलागी हुँदा शान्तिदेवीको जलेर मृत्यु !