आफ्नै होटलमा यौनधन्दा चलाउने श्रीमान-श्रीमती पक्राउ !

Leaderboard Banner
सांकेतिक तस्विर

काठमाडौँ- यौनधन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले तुल्सीपुरबाट एक दम्पत्तीलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार पक्राउ परेका दम्पत्ती लामो समय देखि यौन धन्दा सञ्चालन गर्दै आएका थिए।

पक्राउ पर्नेमा तुल्सीपुर नगरपालिका १४ घर पई सोही नगरपालिका ५ न्युरोडस्थित न्यु फुलवारी होटल सञ्चालक थुमलाल चौधरी र उनकी श्रीमती रहेका छन्।

प्रहरीले दिएको जानकारी अनुसार चौधरी दम्पत्तीले युवतीहरुलाई ललाई फकाई र प्रलोभनमा पारेर यौन धन्दामा लगाउने गरेका थिए। एक युवतीलाई यौनधन्दाका लागि जबर्जस्ती गर्दै गरेको अवस्थामा एक महिलाले देखेपछि प्रहरीमा खबर गरेकी थिइन्।

महिलाले दिएको सूचनाको आधारमा होटलमा छापा मारिएको थियो। छापा मार्दा दुई जना महिला फेला परेको प्रहरीले जनाएको छ। दुई मध्ये एक भागेपछि होटलबाट एक महिलाको उद्धार गरिएको हो।

तुल्सीपुर ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले चौधरी दम्पत्तीलाई पक्राउ गरेको हो। पक्राउ परेका दम्पत्तीलाई मानव वेचबिखन तथा ओसारपसार ऐन २०६४ अन्तर्गतको कशुरमा मुद्धा चलाईएको प्रहरीले जनाएको छ।

प्रकाशित : सोमबार, पुष २३, २०७५१४:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बाटो काट्दै गरेकाहरुलाई सामाखुसीमा माइक्रोबसले ठक्कर दिँदा एकको मृत्यु, ४ घाइते !