काठमाडौँको बानेश्वरमा घरको छतबाट खसेर काभ्रेका एक बालकको मृत्यु !

Leaderboard Banner

काठमाडौँ : काठमाडौँको पुरानो बानेश्वरमा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ।

काभ्रेको कोशीपारी चौरी देउराली गाउँपालिका घर भई हाल हाल पुरानो बानेश्वर बस्दै आएका भुपेन्द्रराज गिरीका ३ वर्षीय छोरा अंशु गिरीको छतबाट खसेर मृत्यु भएको हो।

शनिवार दिउँसो घरको छतबाट खसेर गम्भीर घाइते भएका गिरीको उपचारका  क्रममा नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बालकलाई पहिले केएमसी अस्पताल सिनामंगल पुर्याईएकोमा थप उपचारका लागि नेपाल मेडिसिटी अस्पताल लागिएको थियो।

प्रकाशित : आइतबार, पुष २२, २०७५१६:३९
अर्को समाचार:

सभामुख महराको गलत कदम नसच्चिएसम्म सदन चल्न दिँदैनौं : गगन थापा