को हो खुमबहादुर खड्काको मृत्युको भागिदार ?

Leaderboard Banner

देशको अस्थिर राजनीति र यसले नेपाली कांग्रेसलाई कति नोक्सान पारेको छ भन्ने कुराको गतिलो उदाहरण कांग्रेस महासमिति बैठकमा सदस्यहरूबीच भएको किचलो हो ।

धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको संवैधानिक व्यवस्थामा मुलुक चल्दै आएको लामो समयपछि यसको अर्थ खोज्दा यो परिस्थितिको सिर्जना भएको हो । हामीकहाँ हाबी भएको ‘तातै खाऊँ जल्दै मरौँ’ भन्ने गलत अभ्यास नै यसको जड हो । जसले नेपाली राजनीतिमा दुरदर्शिता शब्दको धज्जी उडाएको छ ।

विनाशकाले विपरीत बुद्धि, निभ्ने वेलामा बत्ती चर्को बल्छ भन्छन् । मुलुकलाई धर्म निरपेक्ष बनाउनका लागि १७÷१७ करोड लिने, नेपालका कलकारखाना सबै बेच्ने, चप्पल लगाएर काठमाडौं आएकाहरूले अर्बाैं कमाउने, लाउडा काण्ड घटाउने, विदेशमा पैसा थुपार्ने, आफन्तलाई मात्रै पद दिने, छोराछोरीलाई सरकारी पैसाले विदेश पढाउनेहरू भ्रष्टाचारी भएनन् ।

तर, यो देशका केही नेता जसले संगठनभन्दा बाहिर केही सोचेनन् र पार्टीको भलाइका लागि जीवन समर्पण गरे तिनलाई नै भ्रष्टाचारीको बिल्ला भिराएर आफ्नो बाटो सफा गर्ने, वाहियात अभियोग लगाएर जीवनभर अकुत सम्पत्तिलाई सेतो धन बनाएर देखाउनेहरूको खुरापाती दिमागको सिकार बनाउने काम भइरह्यो । अझ दुःखको कुरा के भने नेपाली कांग्रेसकै आफ्ना कार्यकर्ताले पनि आफ्नै पार्टीका तिनै नेतालाई भ्रष्टाचारी भन्दै प्रचार प्रसार गर्छन् जसलाई विभिन्न बहानामा राजनीतिबाट बाहिर राखेर देश लुट्नेहरूको चहलपहल भइरहेछ ।

यो देशमा सच्चा कांग्रेस त्यो हो, जसले चुनावमा रेणु दाहाललाई बोकेर हँसिया हथौडामा भोट हाल्यो, जसले बाबुराम भट्टराईलाई भोट हाले भन्ने कुरा यतिसम्म प्रचार गरियो कि, लाग्यो कांग्रेसलाई छानी–छानी मार्नेलाई नै काँधमा बोकेर हिँड्नेहरू सच्चा कांग्रेस नभए अरू को हुन सक्छन् ?

कस्तो विडम्बना तपाईं मेरो लेबलमा उक्लिन सक्नुहुन्न म तपाईंको लेबलमा गिर्न सक्दिन । हो, ठ्याक्कै यस्तै छ अहिले नेपाली कांग्रेस भित्रको हालत । एउटा उखान छ नि सुँगुरलाई स्वर्ग जान्छस्भन्दा त्यहाँ पनि फोहोर चिज खान पाइन्छ भनेर भन्थ्यो रे । के गर्ने सोच नै गरिब भएकाहरूबाट के नै आशा गर्न सकिन्छ र ! पहिला असल मान्छे बन्ने कोसिस गर्नुहोस् । त्यसपछि कांग्रेस कम्युनिस्ट जे बन्ने हो बन्नु होला ।

यो देशमा सच्चा कांग्रेस त्यो हो, जसले चुनावमा रेणु दाहाललाई बोकेर हँसिया हथौडामा भोट हाल्यो, जसले बाबुराम भट्टराईलाई भोट हाले भन्ने कुरा यतिसम्म प्रचार गरियो कि लाग्यो कांग्रेसलाई छानी छानी मार्नेलाई नै काँधमा बोकेर हिँड्नेहरू सच्चा कांग्रेस नभए अरू को हुन सक्छन् ?

मृत्यु एक ध्रुवसत्य हो, जसको कारण रोग व्याधि वा आकस्मिक हुन्छ । रोग लाग्ने विभिन्न कारणहरू हुन्छ्न् जस्तो सामाजिक, राजनीतिक र मानसिक । कांग्रेसकै होनाहार नेता खुमबहादुर खड्काको राजनीतिक जीवन विभिन्न कारणबाट ग्रसित भयो । खुमबहादुरको मृत्युको भागिदार नेपाली कांग्रेस पनि हो । नेपाली कांग्रेसभित्रै कसलाई कसरी कसले फसायो त्यसको लेखाजोखा समय आएपछि आफै हुन्छ । कस्तो दुर्भाग्य पार्टीका केही नेता जसले संगठन विस्तार गर्न कुनै कसर राखेनन्, तिनै कांग्रेसबाट पराजय भए । विडम्बना, बाबुराम, प्रचण्डहरू कांग्रेसका सहयात्री भए ।

अर्बौं लुट्नेहरू राम्रा भए । एक दिन कांग्रेसले यसको मूल्य चुकाउनु पर्नेछ । समयले बताउला को भ्रष्टचारी हो को होइन भनेर । युगले सत्य ओकल्ने पुस्तक जन्माउला जसले बताउनेछ को सही हो को गलत हो भनी । कुर्नुपर्ने समय मात्रै लामो लाग्ने हो । हुनतः दोष कांग्रेसको मात्रै होइन । यहाँ सबै पार्टीका नेता र कार्यकर्ताको चरित्र एउटै । तर, पनि कांग्रेसकमा यसको अभ्यास धेरै छ ।

बहुदल आएपछि स्पष्ट बहुमत ल्याएको नेपाली कांग्रेस आफैँ अगुवा बाटो हगुवा भएपछि अरूबाट के नै आशा गर्न सकिन्छ र ? अनुशासनविनाको संगठन, विचारविनाको राजनीतिले देशको भविष्य कसरी बनाउला र ? महात्मा गान्धीले भनेका थिए, ‘विनासिद्धान्तको राजनीति एक पाप हो ।’ जब सिद्धान्त मर्छ अनि विचारधारा पनि मर्छ ।

नेपाल विद्यार्थी संघले विद्यार्थीको हकहितको काम गर्दैन, तरुण दलले देशका तरुणको बारेमा सोच्दैनन् महिला संघले महिलाको हकहितका लागि आवाज उठाउँदैनन् । आखिर के का लागि यी संगठनहरू ? आफ्नो गुट बलियो बनाउनलाई मात्रै यी संगठनलाई परिचालन गरिन्छ ?

कुनैवेला प्रजातन्त्रका लागि लड्ने यी संगठनहरू विगत ३० वर्ष के का लागि लडेका छन् ? नेपालबन्द गर्ने, ढुंगा हान्ने प्रवृत्तिको अन्त्य भयो भने सायद यी संगठनको औचित्य समाप्त हुनेछ । अबको भ्रातृ संगठन कस्तो हुनुपर्छ भनेर छलफल गरेको कमै सुन्न पाइन्छ । आफ्नै र आफ्नै नेताहरूलाई गाली गरेर माथि जानेको भिड छ । न त तिनीहरूलाई सिद्धान्तको प्रवाह छ, न त विचारधारा को नै ।

सबै हेर्दा लाग्छ, निष्ठा र आदर्शको राजनीति नेपाली कांग्रेसको भाग्यमा नै छैन । नेपाली कांग्रेस र नेपालका सबै पार्टीमा निष्ठाको बिचलन छ । नैतिक मूल्य र मान्यता छैन । नेपालका राजनीतिक पार्टीहरू विदेशीको गोटी भएका छन् ।

सत्तामा बस्ने पार्टीले राम्रो काम कहिल्यै नगर्ने, सत्ताबाहिर बस्नै नसक्ने, रोएर कराएरै भए पनि सत्तामै टाँसिरहनुुपर्ने ! सत्तामा बसेपछि जनता बिर्सिने, छोरी ज्वाइँ, सम्धी, भान्जाभान्जी, आफ्नो गुटका कार्यकर्ताहरूको मात्र हित हेर्न । हिजो पुराना नेताहरूले तुलसी भनेर धतुरोको बिउ रोपेछन, आजकल नेपाली कांग्रेसमा तुलसी कम र धतुरो बढी देखिन्छन् । धतुरोबाट के नै आशा गर्न सकिन्छ र ?

नेपाली कांग्रेस पार्टी (कम्पनी) कार्यकर्ताहरू (उपभोक्ताहरू) र भोट (मूल्य) भएको छ । भोट त्यस्तो मुद्रा हो जसलाई प्रयोग गरेर नेपाली कांग्रेस पार्टीका कार्यकर्ताहरू उत्पादन र किनबेच गरेर हामी आफ्ना अपेक्षाहरू पूरा गर्ने सपना देख्छौँ तर कहिल्यै पार्टी कार्यकर्ताहरूको सपना साकार हुँदैन । यो खेल सधैँ नै चलिरहन्छ । यदि, सत्य बोल्नु गलत हो भने मलाई सही देखिनु छैन । कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह नअट्ने नेपाली कांग्रेसको भविष्य उज्ज्वल छैन । निष्ठा र आदर्शका लागि कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले नेपाली कांग्रेस छाडे तर निष्ठा र आदर्श छाडेनन्

नेपाली कांग्रेस तब बिग्रियो जबदेखि पार्टीमा पैसाको आडमा टिकट खरिद बिक्री र पैसाकै आडमा चुनाव जित्न खोज्ने गलत अभ्यास सरु भयो । फोटो खिचेर बैठकमा सजाएर काम सकाउने कांग्रेस पनि धरै देखियो । बजारमा फेसबुके कांग्रेस धेरै छन् । कांग्रेसलाई नै गाली गरेर म असल कांग्रेस हुँ भन्नेहरूको पनि कमी छैन । आजकल त्यसैले होला म र मजस्ता अरू धेरैको विचारमा बढी नै तीतोपन भेटिन्छ । आखिर इतिहास, जित्ने योद्धाहरूको घोडा रहेछ ।

कस्तो विडम्बना, गुटकै राजनीतिले र अहंकारले नेपाली कांग्रेसलाई खत्तम पार्ने भयो । नेपाली कांग्रेसलाई विरोधका लागि विरोध गरेको होइन । नेपाली कांग्रेस भाषण मात्र गरेर शासन गर्दै रासन कुम्ल्याउने भ्रमजीविको मात्र नबनोस्, नेपाली कांग्रेस हामीजस्ता काम गरेर थोरै भए पनि पैसा कमाएर माम खाने श्रमजीविको पनि बनोस् भन्ने चाहना मात्रै हो । नेपाली कांग्रेसमा कुन नेताको पार्टीप्रति कति देन छ ? आज नेपाली कांग्रेस कमजोर भएको निच सोच भएका कार्यकर्ता र नेताले गर्दा हो । सोच बदल्नुहोुुस्, सबै चीज बदलिन्छ ।

यो लेख सौर्य दैनिकको लागि दीपकराज जोशीले लेख्नु भएको हो !

प्रकाशित : मङ्गलबार, पुष १०, २०७५०९:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ओलीलाई माओवादीको सहयोग, एमालेको असहयोग !