ओली-प्रचण्डको आलोचना हुने क्रम रोकिएन ! ओली-प्रचण्डको राजनीतिक प्रतिवेदननै धरापमा !

Leaderboard Banner

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबारको स्थायी समिति बैठकमा पनि केपी ओली र प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन माथि आलोचना रोकिएन।

बुधबारको बैठकमा सुरेन्द्र पाण्डे, वर्षमान पुन, देव गुरुङलगायतका ८ जना नेताहरुले राजनीतिक प्रतिवेदनमा केन्द्रित भएर आफ्नो बिचार र धारणा प्रस्तुत गरेका थिए।

आजको बैठकमा बोल्दै सदस्यहरुले प्रतिवेदन परिमार्जन हुनुपर्ने जस्ता धारणा पनि राखेको बुझिएको छ।

शनिबार देखि शुरु भएको बैठकमा सहभागी नेताहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन्। सोमबार देखि स्थायी समिति सदस्यहरुले राजनीतिक प्रतिवेदन माथि आफ्नो धारणा प्रस्तुत गरिरहेका छन् ।

साथै पार्टी नेतृत्वको मनोमानीको विषयमा पनि कुराहरु उठेको बुझिएको छ। पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नसकेको तथा एकीकरणको कामलाई पूर्णता दिन ढिलाई गरेको प्रति पनि स्थायी समिति सदस्यहरुले कुरा उठाइरहेका छन्।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अर्को बैठक बिहिबार डाकिएको छ। बिहिबार पनि बाँकि स्थायी समिति सदस्यहरुले राजनीतिक प्रतिवेदन माथि आफ्नो धारणा प्रस्तुत गर्नेछन्।

प्रकाशित : बुधबार, पुष ०४, २०७५१३:०८
अर्को समाचार:

‘राजनीतिक पूर्वाग्रहबाट माथि उठेर देश विकासमा लाग्नुपर्छ’