स्पिनर शक्ति गौचनलाई गार्ड अफ अर्नरको सम्मान, घरेलु क्रिकेटबाट पनि बिश्राम

Leaderboard Banner

काठमाडौं , नेपाली क्रिकेट टिमका स्पिनर शक्ति गौचनलाई गार्ड अफ अर्नरको सम्मान दिएको छ । १९ वर्षको क्रिकेट यात्रा शक्तिले एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइसर्गबीरुद्द पोखराबाट खेल्दै आफ्नो खेलाडीको करियरको रुपमा शनिबार अन्तिम खेल खेलेका छन् ।

शनिबार चितवन र पोखराको खेल सकिएपछि शक्तिलाई टियू क्रिकेट मैदानमा खेलाडीहरुले शक्तिलाई गार्ड अफ अर्नरको सम्मान दिदै मैदान परिक्रमा गराएका थिए ।मैदानमा शक्ति, शक्तिदाई भन्दै फ्यानले पुरै टियू क्रिकेट मैदान गुन्जाउदा शक्ति निकै भावुक देखिए । शक्तिको आँखा रसाई रहे ।

अन्तिम घरेलु लिग खेलेका शक्ति गौचनले ४ ओभरमा २५ रन खर्चिदा कुनै विकेट लिन सकेनन् । गार्ड अफ अर्नरको सम्मानपछि शक्तिले अन्तर्राष्टिय घरेलु मैदानमा खेल खेल्दै सन्न्यास लिने सोच बनाएपनि नेपाली क्रिकेट संघ आइसीसीको निलम्बनमा रहेको अवस्थामा यो संभव नरहेको बताए ।

आफु अव क्रिकेट विकासमै लाग्ने र साथै १०/१५ वर्ष भित्र नेपाललाई टेस्ट नेशन राष्ट बनाउने सपना रहेको बताए । सन् १९९९ देखी अन्तर्राष्टिय क्रिकेटमा खेल्न लागेका शक्तिले गर्त अगस्टमा नेदरल्यान्डसँग पहिलो वान डे खेल देखी अन्तर्राष्टिय भ्रमण अन्तिम रहको बताएका थिए । नेपाललाई टी-२० विश्वप देखी वान डे मान्यता दिलाउन सम्म शक्तिको प्रर्दशन निकै महत्वपूर्ण रहेको छ । टी-२० विश्वकप र लड्समा खेल्नु आफ्नो जीवनको सबैभन्दा बढि अविस्मरणिय रहेको बताए ।

प्रकाशित : शनिबार, मङि्सर २९, २०७५१९:५८
अर्को समाचार:

नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास