आहा ! कति रमाइलो माझखण्ड

Leaderboard Banner

ललितपुर /बिगुल न्युज

ललितपुरको सातदोबाटोबाट २५ किलोमिटर कान्तिलोक पथ यात्रा गरे पछि भट्टेडाडाको छपेली पुगिन्छ, सामुन्ने पारीपट्टि देखिन्छ चिलाथुम्को , रमिते चुचुरो र माझखण्ड डाडो

पछिल्लो समय दक्षिणी ललितपुरको माझखण्ड निकै चर्चा रहेको ठाउँ बनेको छ ,कारण हो ६० करोड लगानीमा छिटै बन्न लागेको बिना कुनै पोल सिधै छपेली-माझखण्ड जोड्ने स्विस प्रबिधिको केबुल कार ।

झन्डै १५० घर धुरी रहेको माझखण्डमा पूर्ण रुपमा तामाङ बस्ती रहेको छ, समुन्द्री सतहबाट लगभग १८५० मीटर उचाईमा रहेको माझखण्डबाट तराईका विभिन्न भाग र माथि पट्टि रहेको रमिते डाडाबाट सगरमाथा लगायत अन्य हिमश्रृंखला साथ साथै रुद्रेश्वोर महादेवको मन्दिर, तासीछोईलिङ्ग गुम्बा दर्शन गर्न सकिनेछ । मनोरम सुर्योदय र सुर्यस्था आनन्द पनि लिन सकिन्छ । 

डेस्टिनेशन माझखण्ड प्रा .लि प्रमुख गोपाल संजेल भन्छन् “सम्पूर्ण कागजी प्रकिया टुंगि सकेको छ , हामी २०१९ जनवरी १ का दिन शिलान्याश गर्ने गरि तयारी गरि रहेका छौ , उनले थपे ” यो मनकामना ,चन्द्रागिरि जस्तो केवलकार नभई सिधा छपेलीबाट माझखण्ड बिना कुनै पोल हुनेछ  रोचक कुरा के छ भने हाम्रो केबुलकारमा एउटै मात्र डब्बा हुने छ र त्यसमा एकै पटक २५ जना यात्रु यात्रा गर्न सक्ने छन् १० मिटर प्रतिसेकेन्डको गतिमा चल्ने केबलकार ५ मिनेटमा ओहोर दोहर गर्न सकिने छ , स्विस बार्थोलेट कम्पनीसंग सम्पूर्ण सामान निर्माण गर्ने सहमति भै सकेको र  सन् (२०२०) भित्र सम्पूर्ण निर्माण सम्पन्न गरि संचालन गर्ने सम्झौता भएको संजेलले बिगुल न्युजसंग  बताए

पूर्ण रुपले कृषिमा आश्रीत माझखण्ड बासी गाउँमा केबुलकार आउन लागेपछि खुशीले दंग छन्, स्थानीय एक वृदले भने “मनकामन मन्दिरमा केबुलकार छ भन्ने सुनेको बुढो भयो जानु सकिएन , मर्नु भन्दा अगाडी एक पटक केबलकार चडनु मुन छ ! के ती वृदको सपना डेस्टिनेशन माझखण्ड प्रा .लि आउने वर्ष पूरा गर्ला त ?

कान्तिलोकपथ चौडा र समयमै कालोपत्रे भै हेटौडा काठमाडौं ८६ कि.मि सडक संचालन हुनसके ललितपुरको मात्रै नभई सिंगो राष्ट्रको पर्यटनमा टेवा पुग्नेमा दुई मत नहोला । 

हेर्नुहोस् हाम्रा सहकर्मी सरोज दाहाल ललितपुरको माझखण्ड पुगी तयार परेको फोटो फिचर :

 

प्रकाशित : आइतबार, मङि्सर २३, २०७५१७:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

निर्मला हत्या स्वीकारेका प्रदीप र विशालको पनि डिएनए मिलेन, अब कसरी बढ्छ अनुसन्धान ?