कुन उमेरमा यौन व्यवहार र रुची कस्तो हुन्छ ? यस्ता छन् केही तथ्य

Leaderboard Banner

सामान्यतः सबैलाई थाहा छ कि– सुखद् वैवाहिक जीवनमा यौनको विषयले विशेष महत्त्व राख्ने गर्छ । त्यसमा पनि यौन क्रिया र यसका तौरतरिका वा भनौं बुझाइले पनि कतिपय अवस्थामा फरक पार्ने गरेको पाइन्छ ।

यति हुँदा हुँदै पनि हरेक उमेरमा यौन चासो, यौन रुचि र यौन व्यवहार सबैमा एकै हुँदैन । आजसम्मका खोज, अध्ययनबाट पनि यो कुरा पुष्टि भएको छ । बरु, यो त उमेर र समयअनुसार परिवर्तित हुँदै जाने कुरा हो ।

यहाँ त्यस्ता केही तथ्यमा चर्चा गरिएको छ :

किशोरावस्थामा तीव्र उत्सुकता

सामान्यतः अन्य उमेरभन्दा किशोरावस्थामा सेक्स हर्मोनको स्तर एकदमै तीव्र गतिमा बढ्छ भनिन्छ । जसले असाध्यै यौनसम्बन्धी उत्सुकता जगाउँछ । त्यसैले यौनसम्बन्धी प्रयोग पनि यही उमेरमा बढी हुने पाइएको छ ।

त्यसो त सेक्स कर्मका लागि सबैभन्दा बढी फेन्टासी, ड्रिमिङ पनि यही उमेरमा हुने विभिन्न सर्वेक्षणहरूबाट पत्ता लागेको छ ।

किशोरीको यौन इच्छा धेरैजसो रोमान्स, फोरप्ले वा पार्टनको भावनात्मक लगावमा निर्भर रहने कुरा त्यस्ता अध्ययनबाट खुलेको छ ।

त्यस्तै, किशोरहरू फिल्म, पुस्तक, कुराकानीका माध्यामबाट पनि यौनबारे जानकार हुने गरेको पाइएको छ ।

त्यसो त किशोरीले पनि फिल्म, पत्रपत्रिकाबाट सेक्ससम्बन्धी आफ्नो धारणा बनाउने गरेको पाइएको छ ।

२० देखि ३५ बीचको उमेरमा बेग्लै उत्साह

यो उमेरमा यौन सन्तुष्टिका लागि मनमा धेरै उत्साह एवं उत्तेजना हुन्छ । एकअर्कासँग छुन, चल्न, अंगालोमा बाँध्न र यौन सम्पर्क गर्न बढी रुचि हुने पाइएको छ ।

त्यसो त यो उमेरमा युवती आफ्नो इच्छा खुलस्त बताउँदैनन्, दबाएर राख्छन् । त्यस्ता युवती वा महिला यौनमा दमित भएर बस्ने अवस्था रहन्छ ।

बरु, उनीहरू आफ्नो पार्टनर नै अग्रसर भएको रुचाउँछन् । कतिपय अवस्थामा युवतीमा तीव्र यौन इच्छा भए पनि उनीहरू व्यक्त गर्न सक्दैनन् ।

३५ देखि ५० को उमेरमा झुकाव कम

सामान्यतः यो उमेरमा यौनप्रतिको झुकाव क्रमशः कम हुँदै जान्छ । र, महिला वा पुरुष जो भए पनि उनीहरू कामै मात्र यौन कार्यमा सहभागी हुने गर्छन् ।

यद्यपि, उनीहरुको इच्छामा भने कमी हुने होइन । बरु, यस्तो बेला त उनीहरुको यौन जीवन शारीरिकबाट माथि उठेर केही भावनात्मक विषय भइदिन्छ ।

महिलामा हर्मोनल परिवर्तन सबैभन्दा बढी यस उमेरमा हुने गर्छ । जसले गर्दा उनीहरूको मुड बदलिन सक्छ । स्वास्थ्य समस्याले यौन जीवन प्रभावित पार्न सक्छ । यी र यस्ता कारणले पनि यो उमेर यौन कार्यका लागि उति गतिशील मानिँदैन ।

एक सर्वेक्षणले भनेको छ– ३५ को उमेरपछि महिलाहरू यौनक्रियामा बढी सन्तुष्ट अनुभूति गर्छन् ।

-एजेन्सीको सहयोगमा

प्रकाशित : बिहिबार, मङि्सर २०, २०७५१९:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

कीर्ते मुद्दामा रत्नसागरका महन्त वैष्णव पक्राउ