निर्मला हत्या प्रकरण : काठमाडौँबाट पक्राउ परेका प्रदीप रावलद्वारा हत्या स्वीकार ,डीएनए रिपोर्ट आउन बाँकी !

Leaderboard Banner

काठमाडौँ : निर्मला पन्तको हत्या प्रकरणमा शंकास्पद भनिएका प्रदीप रावलले आफ्नो अपराध स्वीकार गरेको जानकारी प्राप्त भएको छ।  बुधबार मात्र काठमाडौँबाट पक्राउ परेका रावलले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका हुन्।

सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा निर्मलाका छिमेकी प्रदीप रावल काठमाडौँबाट र अन्य ३ जना महेन्द्रनगरमा पक्राउ परेका थिए। महेन्द्रनगरबाट पक्राउ परेका तिनजनालाई सोधपुछपछि हिजोनै छोडिएको प्रहरीले जनाएको छ।

अनुसन्धानको क्रममा काठमाडौँबाट पक्राउ परेका रावलको संलग्नताको धेरै आधार देखिपछि गएरातीनै  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सोधपुछ गर्न आँफै सिआईबीमा पुगेका थिए । सीआईबी स्रोतका अनुसार आईजीपी खनालसँगको बयानका क्रममा घटना स्वीकार गरेपछि प्रहरीले रावलको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ। शुक्रबार डीएनए रिपोर्ट नआएसम्म यसै भन्ने अवस्था नभएकाले प्रहरी प्रशासन यस विषयमा मौन देखिएको छ।

प्रहरीले उनलाई यसअघीनै खोजि गरेको भएपनि परिवारका सदस्यले कामको शिलशिलामा भारत गएको बताएका थिए। उनलाई थुनामा राखेर थप अनुसन्धान  र प्राविधिक जाँच गर्ने काम भइरहेको छ।

प्रकाशित : बिहिबार, मङि्सर २०, २०७५१७:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पक्राउ परेका प्रदीपले सर्वेन्द्र खनालकैअगाडी निर्मलाको हत्या स्वीकार गरेको खुलासा !