पक्राउ परेका प्रदीपले सर्वेन्द्र खनालकैअगाडी निर्मलाको हत्या स्वीकार गरेको खुलासा !

Leaderboard Banner

काठमाडौँ- कञ्चनपुरको साउन १० गते बलात्कार पछि हत्या भएकी निर्मला पन्तको लागि देशभरबाट न्याय माग भैरहंदा बलात्कार–हत्यामा संग्लनताको आरोपमा एकजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट एक युवक पक्राउ गरेको हो।

सीआईबीले निर्मला पन्तका छिमेकी प्रदीप रावललाई पक्राउ गरेको हो। पक्राउ परेका रावल अहिले प्रहरी हिरासतमा रहेका छन्। निर्मला पन्तको बलात्कार पछि हत्यामा आफू संलग्न रहेको साविती बयान दिएको खुल्न आएको छ।

यसअघि पनि अपराधिक गतिविधिमा संलग्न रहेका उनलाई केहि दिन अगाडी सीआईबीले काठमाडौँबाट पक्राउ गरेको थियो। युवकका परिवारजनले उनी भारतको रहेको बताइरहेको भएता पनि उनी काठमाडौँमै फेला परेका थिए।

गएराति नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको उपस्थितिमा भएको बयानमा रावलले आफ्नो अपराध स्वीकार गरेको विभिन्न श्रोतहरुले बताइरहेका छन्।

गएराति १० बजेदेखि २ बिहान बजेसम्म लगभग ४ घण्टा लगाएर लिइएको बयानमा उनले आफ्नो अपराध स्वीकार गरेका थिए। उनको डीएनए संकलन गरेर परीक्षणका लागि नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाइएकोमा डीएनए रिपोर्ट शुक्रबार आउने छ।

निर्मला पन्तको हत्यामा आफू संलग्न रहेको रावलले स्वीकार गरेको भएता पनि सीआईबी उनको डीएनए रिपोर्ट कुरिरहेको बुझिएको छ। रावलको बयानकै आधारमा केहि शंकस्पाद व्यक्तिहरुलाई सीआईबीले काठमाडौँ झिकाइसकेको एक एस् श्रोतको दाबी छ।

प्रकाशित : बिहिबार, मङि्सर २०, २०७५१७:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर बढुवा हत्याउने जोशीविरुद्ध मुद्दा दायर !