एकाएक माधव नेपालसँग किन रिसाए नारायणकाजी ? यस्तो रहेछ भित्री कुरा !

Leaderboard Banner

काठमाडौँ- पार्टी भित्रका विभिन्न विषयमा एकमत बनाएका दुई नेकपा नेताहरु बीच दूरी बढ्न थालेको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपाल र पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ बीच दूरी बढेको बताउन थालिएको छ।

काठमाडौंमा सम्पन्न एशिया प्यासिफिक समिटलाई लिएर नेता नेपालसँग पार्टीका धेरै शीर्षस्थ नेताहरु रुष्ट बनेका छन्। एशिया प्यासिफिक समिटको विषयमा सरकारको मात्र नभई पार्टीको पनि आलोचना हुन थालेपछि यस्तो स्थितिको शिर्जना भएको हुन सक्ने आकलन गर्न थालिएको छ।

समिटमा सरकारलाई सहभागी गराएर फसाएको आरोप नेता नेपाल माथि लाग्न थालेको छ। नारायणकाजी श्रेष्ठ नेतासँग रिसाएको हुन सक्ने एक श्रोतको दाबी छ। श्रेष्ठका अनुसार तत्कालै पार्टीको विशेष बैठक बोलाएर यसबारेमा छानबिन हुनुपर्ने माग गरिरहेका छन्।

सरकार समिटमा सहभागी भएको विषयलाई लिएर बाहिर मात्र नभई पार्टी भित्रै पनि चर्को आलोचना र विरोध भैरहेको छ। यस विषयमा विभिन्न नेताहरुले सार्वजनिक रुपमै विरोध जनाइसकेका छन्। तर यस विषयमा नेकपामा अध्यक्ष प्रचण्डले भने खुलेर खासै केहि बोलेका छैनन्।

प्रकाशित : बिहिबार, मङि्सर २०, २०७५१६:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पूर्वप्रहरी महानिरीक्षक बोहोरा कहिले दोषी कहिले चोखो ! सर्वोच्चद्वारा बोहोरा निर्दोष ठहर !