आईपीएलमा नेपाली खेलाडीले दर्ता गरेनन्

Leaderboard Banner

मुम्बई (एजेन्सी) – विश्वको सर्वाधिक लोकप्रिय इन्डियन प्रिमियर लिग (आईपीएल) –२०१९ को अक्सन आगमी १८ डिसेम्बरमा जयपुरमा हुँदैछ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का अनुसार २३२ विदेशी र ७४६ भन्दाबढी भारतीय खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । तर नेपालका कुनैपनि खेलाडीले आफ्नो नाम दर्ता गराएका छैनन् । यसपटक अक्सनमा नाम दर्ता गराउने सर्वाधिक खेलाडी दक्षिण अफ्रिकाका रहेका छन् । अफ्रिकाबाट ५९ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् ।

त्यस्तै अस्ट्रेलिया ३५, वेस्ट इन्डिज ३३, श्रीलंका २८,अफगानिस्तान २७, न्युजिल्यान्ड १७, इंग्ल्यान्ड १४ र बंगलादेशका १० खेलाडी सहभागी छन् । जिम्वावेका ५,आयरल्यान्ड,अमेरिका,हङकङ र नेदरल्यान्डबाट एक एक जना छन् । डिसेम्बर १० मा बोर्डले खेलाडीको नाम सहित अन्तिम सूचि तयार पार्दै डाफ्ट सार्वजनिक गर्ने छ । अक्सनबाट ५० भारतीय र २० विदेशी गरी कुल ७० खेलाडीले आईपीएलमा स्थान बनाउने छन् ।

प्रकाशित : बिहिबार, मङि्सर २०, २०७५१४:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेपाली फुटबल खेलाडी रोहित चन्द इन्डोनेसिया लिगको उत्कृष्ट खेलाडी मनोनयनमा !