माघ ७ गते पूर्वराजा नारायणहिटीमा सर्ने र श्रीपेच लगाउने भन्दै बजारमा हल्ला ! के हो सत्यता ?

Leaderboard Banner

काठमाडौँ- पछिल्लो समय देशमा राजसंस्था र हिन्दू राष्ट्र माग गर्दै वकालत गर्नेहरु सक्रिय हुँदा गएका छन्। देशमा गणतन्त्र मात्र नभई संविधान समेत निर्माण भैसकेको अवस्थामा पनि राजसंस्थाको माग गर्दै विभिन्न अभियानको नाममा र्याली र सभा हुने क्रम बढ्दो छ।

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले राजा पुन नारायणहिटि फर्किने बताएका छन्।

ज्ञानेन्द्रको समर्थनमा नाराजुलुश र सभा गर्दै हिँडेका राष्ट्रवादी नागरिक अभियान संघर्ष समितिका अभियान्ताहरुले काठमाण्डौं शान्ति बाटीकामा आयोजना गरिएको र्यालीपछिको कोडसभामा बोल्दै अभियानकी उपसयोजक लक्ष्मी मल्लले राजा आगामी माघ ७ गते नारायणहिटि फर्किने हल्ला फैलाएकी हुन्। उनले भनिन् ” श्री ५ बडामहाराज धिराज यति बेला नेपालगञ्जमा हुनुहुन्छ, अब माघ सात गते राति श्रीपेच लगाएर नारायणहिटीमा फर्कनु हुनेछ”

माओवादी जनयुद्ध र ६२/६३ सालको जनआन्दोलन पछि सविधान सभा मार्फत हटाइएको राजतन्त्र पुन फर्किने कुरामा नेपाली जनता विश्वस्त नभएपनि राजावादीहरु ज्ञानेन्द्रको समर्थनमा खुलेआम नाराजुलुश र सभा गर्दै राजा फर्किने हल्ला फैल्याऊँदै हिँडेका छन्।

उक्त र्यालीमा सहभागी भएका अभियन्ताहरुले देश टुक्रयाउन पाईदैन, प्रदेश सरकार चाहिदैन जस्ता नाराहरु लाऊँदै प्रधानमन्त्री केपी ओली र प्रचण्डलाई नक्कली राष्ट्रवादी र दलालको संज्ञा दिएका दिए।

प्रहरीले सुरक्षा दिएको उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो हल्ला फैल्याईरहँदा आम जनमानसमा भने राजाकै वा उनका समर्थकको मात्र यस्तो धारणा हो भन्ने परेको छ।

प्रकाशित : बुधबार, मङि्सर १९, २०७५१३:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

लुम्बिनी आउने पर्यटक नेपालमा बास नबसी भारत फर्कन्छन् !