प्रदेश ३ को स्थायी राजधानी मतदानबाट टुंगो लाग्ने , हेटौंडाको सम्भावना कति ?

Leaderboard Banner

काठमाडौँ : प्रदेश ३ को स्थायी राजधानी टुंगो लगाउन प्रदेशसभामा मतदान हुने भएको छ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको आहृवानमा बसेको सर्वदलीय बैठकमा राजधानीबारे सहमति हुन सक्ने अवस्था नभएपछि संसदीय प्रक्रियाबाटै निर्णय गर्ने सहमति जुटेको हो ।

प्रदेशको राजधानीका लागि उपयुक्तताको आधारमा प्रदेश राजधानी सिफारिस गर्न गठित विशेष समितिले अस्थायी राजधानी रहेको मकवानपुरसहित काभ्रे, भक्तपुर, चितवन र नुवाकोट जिल्ला राजधानी बनाउन उपयुक्त हुने भन्दै सिफारिस गरेको थियो।

सत्तारुढ नेकपासँग दुई तिहाइ बहुमत रहेपनि नेताहरु आ-आफ्नो क्षेत्रमा राजधानी हुनुपर्ने कुरामा अडिक भएपछि भोटिङबाट राजधानी तोक्नुपर्ने अवस्था आएको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मरकट्टेलले जानकारी दिए। प्रदेशको नामाकरण भने राजधानीको टुंगो लागेपछि मात्र हुने उनले बताए।

प्रदेशसभाको अबको बेठकमा राजधानीबारे संसदीय समितिको प्रस्ताव पेश हुनेछ र समितिले सिफारिस गरेको पाँचै जिल्लाको नाम प्रस्ताव गरेर मतदान हुनेछ । पुस ८ गतेबाट मतदान प्रक्रिया सुरू हुने र जुन जिल्लाको प्रस्ताव दुई तिहाईले पारित हुन्छ, त्यहीँ स्थायी राजधानी तोकिनेछ, उनले भने।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसहितका केही नेता हेटौंडालाई नै स्थायी राजधानी बनाउने पक्षमा छन् भने बहुसंख्यक विपक्षमा छन् ।

प्रकाशित : मङ्गलबार, मङि्सर १८, २०७५१०:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

फेरी नदिमा खसेर मोटरसाईकल चालकको मृत्यु !