५ युवकले २ घण्टासम्म गरेका थिए सामूहिक बलात्कार : युवतीले हारिनन् हिम्मत, बनिन् मिसाल

Leaderboard Banner

काठमाडौँ : एक सामुहिक बलात्कृत पीडित महिलाले बलात्कारपछि भावी जिन्दगीको बारेमा लगभग आश मारिसकेकी थिईन्। उनी आफ्नो देहत्यागको बाटो रोज्न गईसकेकी थिईन्। तर केही वर्ष पछि नै युवतीले आफ्नो जिन्दगीमा धेरै बदलाव ल्याईन् र अहिले उनी आफ्ना आशा, उद्देश्य र सपना लाखौँ फ्यानहरु माझ शेयर गर्छिन्। अहिले उनी पूरा दुनियाँको लागि मिसाल बनेकी छिन्। यो कहानी न्युजिल्याण्ड(New Zealand)को अकल्याण्ड(Auckland)मा बस्ने सिमोन एन्डरसनको हो। करिब ३ वर्ष अघि ५ युवकले उनलाई दुई घण्टासम्म सामूहिक बलात्कार गरेका थिए।

सिमोनले आफ्नो साथ भएको सामूहिक बलात्कारको बारेमा भनेकी थिईन् – “मैले ती सबै काम गरे जुन उनीहरुलाई रोक्नको लागि गर्न सक्थे, तर मेरो शरीरमा मेरो नियन्त्रण अत्यन्तै कम थियो र मैले आश मारेको थिए।”

अहिले २७ वर्षीय सिमोन आफूलाई संसारकै सबैभन्दा भाग्यमानी महिला मान्छिन्। उनले ९२ किलोबाट वजन घटाएर आफूलाई फिट राख्न सफल भएकी छिन्। हालै मात्र उनका एक केटासाथीले उनलाई प्रेम प्रस्ताव गरेका थिए, जसपछि उनको कहानी सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको छ।

केटासाथीले सिमोनलाई क्वीन्सटाउन द्विप स्थित एक सुन्दर र यादगार ठाउँमा हेलिकप्टरबाट लगेर प्रेम प्रस्ताव गरेका थिए। सिमोनले लेखेको ‘जर्नी टु हेल्थ’ नामक एक किताब हालै सार्वजनिक भएको छ।

उनले आफू बलात्कृत भएको जीवनकै कालो दिन सम्झँदै भनिन् – “बुधबार राति म केही साथीहरुसँग बारमा गएकी थिए। बिहानको ३ बजिसकेको थियो र म घर फर्कन चाहन्थे, तर त्यतिबेला मैले आफ्ना साथीहरुलाई कतै देखिन्, उनीहरु कहाँ गए मलाई केही पनि थाहा थिएन्। त्यति नै बेला केही युवकहरुका एक समूह मेरो नजिक आए।”

सिमोनले भनिन् – “मैले उनीहरुलाई धक्का दिन सकिरहेको थिईन् र भाग्न पनि सकिरहेको थिईन्।” घटनाको थुप्रै हप्ता पछि सम्म उनको दिमागमा यसको असर परेको थियो। उनलाई यो बुझ्न कठिन भईरहेको थियो कि यस घटनामा उनको कुनै गल्ती थिएन्। एजेन्सी

प्रकाशित : सोमबार, मङि्सर १७, २०७५१७:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

रक्त अभियान कार्यक्रम सम्पन्न