शाहरुखकी छोरी पढ्छिन् संसारभरकै महँगो कलेजमा, पैसा सुनेर उड्नेछ होस!

Leaderboard Banner

एजेन्सी, बलिउड अभिनेता शाहरुख आफ्नो छोरी सुहानाको निकै ख्याल राख्ने गर्छन। शाहरुखकी प्यारी छोरी सुहाना खान १८ वर्षकी भैसकेकी छिन्। उनि युकेको अर्डिनग्लि कलेज (Ardingly College) मा पढ्छिन्। यो कलेज संसारभरको प्रतिष्ठित कलेज मध्ये एक हो। यहाँ संसारभर रहेका देशको  करोडपतिका  बच्चाहरु पढ्न आउछन् ।

पछिल्लो समय जुलियट नामक  प्ले सम्पन्न भयो । शाहरुख खान आफै पनि सुहानाको प्ले हेर्न पुगेका थिए । शाहरुख आफ्नी छोरीको अभिनयबाट निकै प्रभावित भए। शाहरुखले इन्स्टाग्राममा सुहानाको साथ आफ्नो तस्विर सेयर गर्दै सुहानाको प्ले जुलियटको निकै तारिफ गरेका छन्।  बादशाह खानकी छोरी  सुहाना बाबु जस्तै बलिउडमा अभिनय गर्न चाहन्छिन् । सुहाना कलेजमा हायर एजुकेशन गर्दै छिन् ।सुहाना प्राय: आफ्नो कलेजको फोटो शेयर गरिरहन्छिन् ।

सुहानाको कलेज फिस निकै महँगो छ । उनको कलेजमा एक टर्म पढाईको लागि १०,२१,२९५  रुपैया अर्थात् वर्षमा ५० लाख भन्दा बढी फिस तिर्नुपर्छ।

प्रकाशित : आइतबार, मङि्सर १६, २०७५१३:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रहरीको धरपकडपछि निर्मलाको पोस्टर बाईक, ज्याकेट र ब्यागमा !