संसारका १० उत्कृस्ट पदयात्रा गन्तव्यमा २ नम्बरमा पर्‍यो नेपालको अन्नपूर्ण सर्किट

Leaderboard Banner

एजेन्सी – नेपालको सुन्दरताको शब्दमा बयान गरेर साध्य छैन । संसारका सुन्दर र उत्कृष्ट पर्यटकीय गन्तब्य मध्ये नेपाल पनि एक हो । २०१८ एक अमेरिकी कम्पनीले संसारका १० उत्कृष्ट पदयात्राका गन्तब्यहरुको सूची सार्वजनिक गरेको थियो। जसमा २ नम्बरमा नेपालको अन्नपूर्ण सर्किट परेको छ ।

अमेरिकी कम्पनी इनसाइडर इन्क आबद्ध दिसइनसाइडर डटकमले संसारका १० उत्कृष्ट पदयात्रा गन्तव्यमा नेपालको अन्नपूर्ण सर्किटलाई दोस्रो स्थानमा समेटेको छ । उक्त अनलाईने सुन्दर पदयात्रा गन्तव्यको सूचीमा नेपालको अन्नपूर्ण सर्किट दोस्रो स्थानमा उसले राखेको हो ।
पहिलो स्थानमा भने दक्षिण अफ्रिकाको ओट्टर ट्रेल परेको छ । अन्नपूर्ण सर्किट भ्रमण गर्न पदयात्रीलाई सामान्यतः २० दिन लाग्छ । बीस दिनमा पदयात्रीले २३० किलोमिटरको यात्रा गर्नेछन् । यात्राका क्रममा पदयात्रीले विभिन्न खोला, झोलुङ्गे पुल र हिउँले ढाकिएका अग्ला चुचुराहरूको दृश्यावलोकन गर्ने मौका पाउने छन् ।

पूर्ण यात्राको समय नहुने पर्यटकलाई १२ दिने पदयात्रा योजना पनि उपलब्ध छ । जसको सुरुवात पुनहिलको सूर्योदय सँग सुरु हुने पनि दिसइनसाइडरले लेखेको छ ।

त्यस्तै तेस्रो गन्तव्यमा द सिंक टेर्रे, इटाली चौथोमा प्यासिफिक क्रेस्ट ट्रेल, अमेरिका, पाँचौमा कोस्टारिकाको मोन्टेभेर्दे पार्कको स्काईवाक, छैटौंमा आइसल्याण्डको लाउगाभेगुरिन, सातौंमा माचुपिचुको इन्का ट्रेल, आठौंमा गालापागोस आइसल्याण्डको सेर्रा नेग्रा, नवौँमा अमेरिकाको एप्पालेशु ट्रेल र दशौँमा चिलीको ग्रे ग्ल्यासीयर ट्रेल पर्न सफल भएका छन् । छिमेकी भारतका भने कुनै पनि स्थान पर्न सकेको छैन ।

तस्बिरमा हेरौँ दश उत्कृष्ट पदयात्राका गन्तब्य 

पहिलो: ओट्टर ट्रेल, दक्षिण अफ्रिका

दोस्रो :अन्नपूर्ण सर्किट नेपालतेस्रो : द सिंक टेर्रे, इटालीचौथो :प्यासिफिक क्रेस्ट ट्रेल, अमेरिकापाँचौ: कोस्टारिकाको मोन्टेभेर्दे पार्कको  स्काईवाकछैटौं : आइसल्याण्डको लाउगाभेगुरिनसातौं : माचुपिचुको इन्का ट्रेलआठौं : गालापागोस आइसल्याण्डको सेर्रा नेग्रानवौँ : अमेरिकाको एप्पालेशु ट्रेलदशौँ :चिलीको ग्रे ग्ल्यासीयर ट्रेल 

 

 

प्रकाशित : शनिबार, मङि्सर १५, २०७५१३:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यसरी बोकेर ल्याइएको थियो नेपालमा पहिलो गाडी, हेर्नुस् दुर्लभ तस्बिरहरू