सुकीको कारकेडलाई ठक्कर दिने माइक्रो चालकलाई प्रहरीले रामधुलाई गरेपछि… [भिडियो सहित]

Leaderboard Banner

काठमाडौँ , म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सूकीलाई ‘स्कर्टिङ’ गरेर फर्किदै गर्दा माइक्रोबसको ठक्करबाट एकजना ट्राफिक सहायक निरीक्षक (असई) घाइते भएका छन् ।

बिहिबार एसिया प्यासिफिक समिटमा भाग लिन काठमाडौँ आईपुगेकी सूकीलाई ‘स्कर्टिङ’ गरेर होटल सोल्टीमा पुर्‍याएर फर्किने क्रममा त्रिपुरेश्वरमा माइक्रोबसले ठक्कर दिँदा असई दिपेन्द्र गुरुङ घाइते भएका हुन्।

बा. १ ज. ६५७७ नम्बरको माइक्रोबसले  बा २ ब २५४३ नम्बरको ट्राफिक मोटरसाइकलमा ठक्कर दिँदा घाइते भएका गुरुङको टाउको र करङमा चोट लागेको प्रहरीले जनाएको छ। उनको ५ वटा करङ भाँचिएको र टाउकोमा रगत जमेकाले अवस्था सामान्य भन्न सक्ने अवस्था नरहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन्।

गुरुङको अहिले थापाथलिस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। सामाजिक संजालमा मनोज श्रेष्ठ अपलोड गरेको एक भिडियोमा दुर्घटना पछि दुई जना प्रहरीले माइक्रो चालकमाथि हातपात गरेको दृश्य देख्न सकिन्छ।

यसरी सार्वजनिक स्थानमा प्रहरीले चालकलाई हातपात गर्नु कतिको कानुनसंवत होला त ?

प्रकाशित : शुक्रबार, मङि्सर १४, २०७५११:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

राष्ट्रपति भण्डारी र आङ सान सुकी शिष्टाचार भेट