श्रम स्वीकृति लिन आएका सोझा सेवाग्राहीलाई ठग्ने तीन पक्राउ !

Leaderboard Banner

काठमाडौँ, प्रहरीले ताहचलस्थित श्रम तथा वैदेशिक रोजगार विभागमा सेवाग्राहीलाई ठग्ने तीन विचौलियालाई पक्राउ गरेको छ ।

श्रम स्वीकृतिका लागि आउने सेवाग्राहीलाई विभिन्न बहानामा ठगी गर्दै आएको गुनासोका आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आज काठमाडौँ कालिमाटीका २४ वर्षीय सुरेन्द्र पाँचकोटी, धादिङ जिवनपुरका २९ वर्षीय सुजन लामा र सर्लाही लालबन्दीका २६ वर्षीय निर्मल तामाङलाई पक्राउ गरेको हो ।

तीनै जनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

प्रकाशित : बिहिबार, मङि्सर ०६, २०७५१९:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

राम्रोसँग काम गर्न गृहमन्त्रीको निर्देशन