मादक पदार्थ सेवन गरी पुलमाथि सुतेका एकको खसेर मृत्यु !

Leaderboard Banner
सांकेतिक तस्विर

चितवन, भरतपुर महानगरपालिका–२६ खद्रयौलीमा आज बिहान पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीय सूर्यबहादुर कुमाल रहेका छन् ।

इलाका प्रहरी कार्यालय दिव्यनगरका प्रहरी नायब निरीक्षक पदम वस्ताकोटीका अनुसार मादक पदार्थ सेवन गरी भङ्गाहा पुलमाथि सुतेका कुमाल पुलबाट खसेका हुन् । कुमाल यसअघि पनि सोही पुलमा आएर सुत्ने गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : बुधबार, मङि्सर ०५, २०७५०९:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

जबर्जस्ती करणी गर्नेलाई आठ वर्ष कैद