भक्कानिदै प्रचन्डले मृतक छोरालाई यसरी सम्झिए, आमा सिता र पत्नी बिना मुर्छित [भिडियो सहित]

Leaderboard Banner

काठमाडौँ, मङ्सिर ३ ।  ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा सोमबार बिहान प्रकाश दाहालको पहिलो स्मृति सभा आयोजना गरिएको थियो । त्यस स्मृति सभामा प्रचण्ड आफ्नो दिवंगत छोरा प्रकाशलाई सम्झिएर भक्कानिएका छन् ।

कार्यक्रममा बोल्ने क्रममा प्रचण्ड छोरा प्रकाश दाहालको निधनको बेला सबैको सहयोगमा पार्टीको र परिवार माथिको ठूलो अभिभारा सबैको सहयोगमा सम्हाल्न सकेको स्मरण गर्दै प्रचण्ड भक्कानिएका हुन् ।  प्रचण्ड पत्नी सीता दाहाल र बुहारी बिना मगर कार्यक्रमको शुरु देखि नै भावविह्वल भएका थिए । उनीहरुलाई प्रचण्डकी छोरीले सम्हालेका थिए।

सभामा बोल्ने क्रममा प्रचण्ड देश, जनता, नेता, कार्यकर्ताले साथ नदिएको भए आफ्नो परिवार बिघटन हुनसक्थ्यो भन्दै गर्दा प्रचण्डको गलानै अवरुद्ध भएको थियो।


प्रचण्डले दिवंगत छोरा प्रकाश र छोरी ज्ञानुको नामबाट खोलिएको ‘प्रज्ञा स्मृति प्रतिष्ठान’ घोषणा पनि गरेका छन्। यस्तै कार्यक्रममै प्रकाश दाहालको स्मृतिमा निर्माण गरिएको स्मृति ग्रन्थ पनि सार्वजनिक गरिएको थियो।

प्रकाशित : सोमबार, मङि्सर ०३, २०७५१५:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

महिलाहरु आफ्नै आफन्तबाट बलात्कृत हुने क्रम बढ्यो !