प्रदेश प्रहरी कार्यालय आफ्नै भवनमा !

Leaderboard Banner

दाङ,  प्रदेश नं ५ को प्रहरी कार्यालयले आजदेखि तुलसीपुरस्थित नेपाल प्रहरीकै अञ्चल गुल्म बसेको भवनमा सरेर सेवा शुरु गरेको छ ।

यसअघि तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा रहेको निजीघरमा मासिक रु ६५ हजार भाडामा लिएर सेवा प्रवाह गरिँदै आएको थियो । सङ्घीय संरचनामा त्यहाँ रहेको गुल्मलाई स्थानान्तरण गरेर प्रदेश कार्यालय राखिएको छ ।

आवश्यक पर्ने अस्थायी प्रकृतिका संरचना निर्माण सम्पन्न गरेलगत्तै प्रदेश कार्यालय सारिएको प्रवक्ता पुष्पराज मल्लले जानकारी दिनुभयो । प्रदेश प्रहरी प्रमुखको निवास भने अझै तुलसीपुरमै रहेको छ  (रासस)

प्रकाशित : आइतबार, मङि्सर ०२, २०७५१६:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

लोकतन्त्र र सङ्घीयताको रक्षा गर्न जरुरी !